एक साता नबित्दै गिता चाैधरीले सार्वजनिक गरिन् फेरी अर्काे गीत

थारू गायिका गिता चाैधरीकाे फेरी अर्काे गीत सार्वजनिक भएकाे छ । एक साता अघि उनकाे ‘मारङीया थारनी ३’ सार्वजनिक भएकाे थियाे भने अाज फेरी उनकाे अर्काे एक सेन्टिमेन्टल गीत सार्वजनिक भएकाे छ । चन्द्र माेहन विश्वासले निर्माण गरेकाे यस गितकाे अति मर्मस्पर्शी शब्द रचना पनि उनैले गरेका हुन् । उनकाे याे दाेस्राे सेन्टिमेन्टल गीत हाे । यस अघि उनले ‘वादा करलै छल’ बाेलकाे गितकाे समेत रचना गरेका थिए । याे गित पनि गिता चाैधरीले नै गाएकी थिइन् ।

हेर्नुहाेस् गिता चाैधरीकाे युट्युव च्यानल बाट सार्वजनिक गरिएकाे नयाँ गीत ।

अाफ्नाे सुमधुर स्वर दिएकी गिता चाैधरीले यस गीतकाे कम्पाेजिसन गर्नुका साथै संगित समेत भरेकी छिन् । बिराटनगरकाे बिट्स स्टुडियाेमा रेकर्ड गरिएकाे यस गितकाे छायङ्कन बिरू माझीले गरेका छन् ।

करिब ६ मिनेट लामाे यस गीतमा मृत्यु र मृत्यु पश्चात अाफन्त तथा अाफुलाइ मन पराएका व्यक्तीले कसरी याद गर्छ भन्ने बारेमा छ । गीत गाउँदा त्यसका शब्दहरूले निकै भावुक बनेकाे उनि बताउछिन् । उनले भनिन् ‘गीत गाउँदा गाउँदै म स्टुडियाे मै राेएकी थिए । मलाइ विश्वास छ याे गीतले दर्शक स्राेताकाे समेत मन छुनेछ । यस अघि उनले गाएकाे सेन्टिमेन्टल गीत ‘वादा करलै छल’ पनि निकै रूचाइएकाे थियाे ।

तपाईको प्रतिक्रिया