एकपछि अर्को विबादमा तानिदै नायिका ऋचा शर्मा

काठमाडौँ । नायिका ऋचा शर्मा र छक्का पञ्जा यूनिटबिच देखिएको लफडा सेलाउन नपाउँदै फेरी अर्की अभिनेत्रीले ऋचालाई मानसिक रूपमा बिरामी भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी छिन् । चलचित्र ‘फिर्के’की नायिका क्रिस्टिना पौडेलले ऋचाले आफू माथि ह्यारेसमेन्ट समेत गरेको भनेर स्टाटस लेख्द त्यस्तो गम्भिर आरोप लगाएकी हुन् । यही पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फिर्के’मा एकसाथ काम गरेका नायिकाद्धय ऋचा र क्रिस्टिनाबिच फोटो सेसनका क्रममा सामान्य भनाभनपछि झगडा भएको स्रोतले जनाएको छ । दुई नायिका बिच भनाभन भएसँगै नव नायिका क्रिस्टिना अहिले नर्वे पुगेकी छिन् । जसका कारण दुवै नायिकाले तनमन दिएर चलचित्रको प्रमोशनमा पनि लागेको पाइएको छैन ।

तपाईको प्रतिक्रिया

Loading…