ऋचाले ‘छक्का पन्जा हेर्दा हास्ने मूर्ख’ भनेपछि… दीपा, प्रीयंका र दीपकले यसो भने

चलचित्र छक्का पन्जा ब्लकबस्टर चलचित्र बनेपछी लगत्तै यसको सिक्यल ‘छक्का पन्जा-२’ पनि निर्माण भयो । गीत रिलिज देखि बिबादै बिबादमा घेरिए पनी छाक्का पन्जा-२ पनि सुपरहिट नै बन्यो । छक्का पन्जा-२ ले सफलताको ५१ औं दिन मनाईसक्दा पनि विभिन्न टिकाटिप्पणिहरु निरन्तर भैरहेको छ । यसो त नेपाली सिनेमा उद्योगमा आफू-आफु बिच आरोप पत्यारोप लाग्नु कुनै नौलो बिषय हैन ।केही दिन अगाडि ऋचा शर्माले एकादेशमा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ‘वुमन इन फिल्म’ को प्यानल डिस्कसनमा उनले ‘हुनत् चलचित्रलाई दर्शकहरुले उल्लेख्य साथ दिएका छन् छक्का पन्जा र छक्का पन्जा २ दुवै सफल चलचित्र हुन । तर, सिनेमा हलमा पुगेर छक्का पन्जा हेरेर ताली बजाउँने मानिसहरु चाँही मूर्ख हुन ।’ भनेकी थिइन ।

हाल यहि कुरालाई लक्षित गरेर छक्का पन्जा निर्देशक दीपा श्री निरौला, नायिका स्वस्तिमा खड्का, निर्माता तथा अभिनेता दीपकराज गिरि र नायिका प्रीयंका कार्कीले यो कुरालाई बिरोध गर्दै एकबद्द्ता जनाएर एउटै स्टाटस फेसबुकमा लेखि कपि पेस्ट गरेका छन् ।दीपा, दीपक र प्रीयंकाले लेखेको उक्त स्टाटसमा कुनै ब्यक्तिको नामै त तोकिएको छैन तर ऋचाले व्यक्त गरेको कुरा संग ठ्याक्कै तालमेल मिल्ने हुनाले सिधै ऋचालाई नै झटारो हानिएको हो भन्ने बुझ्न सकिन्छ ।

उक्त स्टाटसमा ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भन्नू भएछ..”प्रीय नायिकाज्यु दर्शकलाई मूर्ख भन्नू भएकोले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन् …” Get well soon !!!’ भनेर लेखिएको छ । ऋचाले आयोजित उक्त कार्यक्रममा प्यानल डिस्कसनमै आफुले फिल्म हेर्न नसकेको बताएको थिइन् । अब यो गसिपले कुन रुप लिने हो त्यो आउने दिनहरुमा देखिने नै छ ।

तपाईको प्रतिक्रिया