इटहरी स्थित सेन्ट्रल प्लाजामा भ्यालेन्टाइन डे स्पेसल कार्यक्रम हुने

इटहरी । इटहरीको सेन्ट्रल प्लाजामा भ्यालेन्टाइन डेको दिन साँगीतिक कार्यक्रम गरिने भएको छ । प्लाजाको चौथो तलामा रहेको सेन्ट्रल फुड कोर्टमा साँगीतिक कार्यक्रम हुने भएको हो । सहभागिहरुले खानेकुराको साथमा कार्यक्रमको मज्जा लिन पाउनेछन् ।

भ्यालेन्टाइनलाई लक्षित गरि गर्न लागेको कार्यक्रमसहित अफरसमेत ल्याएको छ । ६९९ रुपैया तिरेर कार्यक्रममा सहभागिमध्ये गोलाप्रथा मार्फत चार जना विजयी जोडीलाई निःशुल्क चलचित्रको टिकट दिने भएको छ । चार जना जोडीलाई अर्को पटक फुडकोर्ट आउँदा खानामा २५ प्रतिशत छुट दिने भएको छ भने एक जोडीलाई बरन्डा होटलमा एक रातको लागि सुत्ने व्यवस्था गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया