इटहरी महाेत्सवमा आज साेमबार अशाेक दर्जीकाे प्रश्तुती रहने

इटहरी र इटहरी किनमेल महोत्सवमा आज साेमबार गायक टंक बुढाथाेकी एवं भाइरल व्वार्इ एवं गायक अशाेक  दर्जीकाे बिशेष प्रस्तुति रहने भएको छ । महोत्सवको चाैथाे दिन अशाेक  दर्जी सहित आकर्षक नृत्य रहने आयोजक समितिका व्यवस्थापक बिजय गिरीले जानकारी दिए । साँझको सांगीतकि कार्यक्रम ६ बजेबाट शुरु गरिने गिरीले बताए ।

इटहरीस्थित जनता मा .बि को खेलमैदानमा शुक्रबारदेखि शुरु भएको महोत्सवमा सामग्रीमा विशेष छुटमा खरिद गर्न पाइने छ । महोत्सवमा दशैं लक्षित खाधान्न,लत्ता कपडा,जुत्ता चपल,घरेलु उत्पादन , सजावटका सामग्री लगायतका ५० भन्दा बढी स्टलहरु राखिने महोत्सवका व्यबस्थापक गिरीले बताए । उनले महोत्सवमा हरेक दिन साँझ ख्याति प्राप्त कलाकारहरुद्धारा सांगीतीक कार्यक्रमहरु गरिने पनि जानकारी दिए । महोत्सवमा प्रवेश शुल्क एक सय रुपैया रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया