इटहरीमा वेट फेस्ट पुल पार्टी हुदै

धरान / आगामी जेष्ठ २८ गते सोमबार इटहरी स्थित ओसियन पार्क एंड रिसोर्ट स्थित स्विमिंग पुलमा “ सानमिगेल वेट फेस्ट २०१८ “ पुल पार्टी आयोजना हुनेभएको छ ।

मेडली इभेन्ट्सको आयोजनामा इटहरी संगै नेपालको बिर्तामोड ,हेटौडा ,नारायणगढ , बुटवल ,पोखरा र काठमाण्डौमा समेत आयोजना हुने वेट फेस्ट २०१८ पुल पार्टीको प्रमुख आकर्षण स्कटल्याण्डको चर्चित डिजे डेक्सी रहेकी छिन् । शुक्रबार बिर्तामोडको कार्यकर्म सकाएर उनि आफ्नो क्रु मेम्बरहरु संगै सोमबार इटहरीको ओसियन पार्कमा हुने पुल पार्टीमा सहभागी हुनेछिन् ।

बढ्दो गर्मि र धेरै लामो समयपछि हुन लागेको इटहरीको पुल पार्टी मा इटहरी संगै धरान , बिराटनगर देखि दमक सम्मका युवा –युवतीहरु को भिड लाग्ने स्थानीय संयोजक तथा पुर्व रास्ट्रिय खेलाडी सुरेन्द्र तामांगले बताउनुभयो । डिजे डेक्सी संगै नेपालका चर्चित डिजे प्रज्वल र डिजे जेनीले समेत आफ्नो तालमा दर्शकहरुलाई झुमाउन आउदैछन् भने चर्चित र्यापर मानस घलेको समेत बिसेष प्रस्तुति रहनेछ । कार्यकर्मलाई भब्य बनाउन साउण्ड , लाइट तथा स्टेज व्यवस्थापनलाई बिसेष ध्यान दियिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया