इटहरीको ‘माया घर’को लागि बन्यो मायाले भरिएको गीत (भिडियो सहित)

इटहरी / तिज नजिकिदै गर्दा तिजका गीतहरु युट्युबमा दर्जनौ सार्वजनिक हुने क्रम बढिरहेको छ । सोही क्रममा इटहरीमा रहेको अ ना थ आ श्रम ‘माया घर’को लागि तीज बिशेष गीत निर्माण तथा सार्बजनिक भएको छ । शुभद्रा प्याकुरेल र राधिका कार्की थापाको परिकल्पनमा ‘हाम्रो माया घर’ बोलको गीत तुलसी घिमिरे अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त म्युजिक भिडियोमा सडकमा हिड्दै गरेकी एक ग र्भ व ति महिलालाई माया घरका सञ्चालकहरुले उद्दार गरेर लगेको र अब माया घरलाई नै माइति घर मानेर दुःख भुल्दै त्यही बस्न आग्रह गरिएको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । यस्तै माया घरको अवस्थाको बारेमा पनि देखाइएको निर्देसक तुलसी घिमिरेले बताए ।

गीत निकै मार्मीक छ भने गीतमा गंगा गौतम आचार्य, अप्सरा विष्ट, रमेश आचार्य र सुशील भट्टराईको आवाज सुन्न सकिन्छ । गंगा र तारा भट्टराईको शब्द रहेको गीतको भिडियोमा तारा, राधिका दासी, रमेश आचार्य र राधिका कार्की थापाको अभिनय देख्न सकिन्छ । इटहरीमा रहेको माया घरले हालसम्म थुप्रै सडक बालबालिका, महिलाहरु, वृद्ध र मानसिक समस्या भएकालाई उ द्दा र गरिसकेको छ ।
भिडियो:-

तपाईको प्रतिक्रिया