आस्था लेख्छिन् ‘युट्युब मिडिया धेरै फुर्सदिलो भाको कि के हो ? युट्युब हेर्नै दिक्क लागि सक्यो’

ईटहरी/ पछिल्लो समय भिडियो साझेदारी साईट युट्युबले नेपालमा निक्कै ठूलो स्थान बनाईसकेको छ । केही समय अघिसम्म युट्युब बारे नजान्नेहरु अहिले सोही युट्युबबाटै मनग्ये आम्दानी गरिरहेका छन् । तर, सकारात्मक भन्दा नकारात्मक प्रयोगले धेरैलाई पिरोल्ने गरेको छ । यस बिषयमा गायिका आस्था राउतले फेसबुकमा एक स्टाटस लेखेकी छन् । आस्थाले ‘युट्युब मिडिया धेरै फुर्सदिलो भाको हो कि के हो’ भन्दै चाहिने न्युजहरु मात्र कभर गरिदिन आग्रह गरेकी छन् ।

उनले थप यस्तो लेख्छिन् “YouTube Media’s धेरै फुर्सदिलो भाको हो कि के हो.. चाहिने News हरु मात्रै Cover गरिदिनुहोस् कृपया ! हाम्रो समाजलाई चाहिने Productive News, informative news, innovative news, current news, relevant news दिनुहोस जसले सबैलाई सजक बनाओस्, ज्ञान दिओस् । Weddings, Receptions सम्म त ल ठिकै छ १/२ वटा coverage तर अर्काको घरको झै झगडा, Divorce को कारण रे, Personal matters, Bachelorette parties, दुलहीको लुगाको दाम, अर्काको बुढाको सिरदेखि पाउ सम्मको बयान..

Birthday Gifts के दियो रे राम राम Episodes wise news आको आकै गर्ने वाहियात News जसले आम जनतालाई केहि दिदैन सिवाय “चासो” “Gossip गर्ने भाडो” ए यति करोडको बिहे रे यस्तो धनि रे हा हा हा ! Common Grow Up !!!! We don’t need to know all those unnecessary details Excuse US !!!! Seriously… काम न काचको News हरु बन्द गर्नुहोस् । Nepali YouTube हेर्नै दिक्क लाग्ने भै सक्यो.. अझै Trending’s त ! CORONA को Awareness News देऊ, सुतेको Government लाई झक्झकाउ, उठाउ, उठेन भने लतारेर उठाउ… न Corona जाच्ने Kit छ न त अरुसँग माग्छ.. दुनियाँमा आउँदा नेपालमा आएन होला !!!???

Danger रुप देखिन मात्रै बाँकी होकि के थाहा ?? न Isolation मा राख्न Space planned छ न त कुनै योजना implement भाको छ ! हुँदा हुँदा Teku मा Corona हुनसक्ने Symptoms भाको Patients हरुलाई अरु Doctors हरुले नै Check गर्न Teku Hospital refer गर्दा पनि Corona Check नै नगरी ए fever आको भन्दै Influenza मात्रै Check गरेर पठाको News सुन्दा हाम्रो सुतेको GOVERNMENT र Teku Hospital दुबैको गैर जिम्मेवार व्यवहार देखेर उदेक लागेको छ ! तसर्थ, कसैले केहि नाप्दैन… आफ्नो लागि, आफ्नो परिवारको लागि आफै सजक हुनुहोस् है ! अब के भगवान कै भरमा बस्ने नै हो त !!!???”

तपाईको प्रतिक्रिया