आशिककाे ‘यो जिवन तिम्रै हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अहिलेका हरेक युवाहरु आफुलाई स्मार्ट नै सम्झन्छन् । हिरो नै हुँ की क्यरे भन्ने ठान्छन् । अनि महिलाहरुको अगाडि पोजको ताँति लगाउँन खोज्दछन्, तर हुने केहि होईन । हुन त ‘बैंशमा स्याल पनि घोर्ले हुन्छ’ भनिन्छ । त्यसैले होला यहाँ गायक आशिक प्रजापति पनि घोर्ले बन्न खोज्दैछन् ।

गायक आशिक एक गीत मार्फद घोर्ले बन्न खोजेका हुन् । गीतको बोल रहेको छ ‘यो जिवन तिमै्र हो ।’ सो गीतमा शब्द तथा संगीत आशिकको नै रहेको छ । प्राय अधिकांस आशिकका गीतहरुमा शब्द, संगीत तथा स्वर उनको नै रहने गरेको पाईन्छ । गीतमा गायक आशिक र गायिका पशंंसा श्रेष्ठको स्वर सुन्न पाईने छ ।

‘योर स्टाई प्रलि’ले सो गीतको म्युजिक भिडियो पनि तयार पारेको छ । म्युजिक भिडियोलाई निर्देशन तथा छाँयानकन संजिब श्रेष्ठले गरेका छन्, भने ब्रिजेश श्रेष्ठले सम्पादन गरेका छन् । गीतको म्युजिक भिडियोमा निकेश बराल, देव पाण्डे, स्वचित शाक्या, समिक्षा चौलागाँई, शुष्मा लामा, शदिक्षा लगाएतको स–सक्त अभिनय रहेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…