आलु जस्तो गायक पुग्यो ट्रेन्डिङ १ मा, विवादित दुर्गेशको गीतमा पल र पुष्प एकसाथ

इटहरी / नेपाली म्युजिक भिडियोको ईतिहासमा प्राय गीत सार्बजनिक गर्दा धेरै पटक विवादमा मुछिने गायकको नाम लिदा अगाडि दुर्गेश थापाकै आउँछ । गत वर्षको तिहारबाट उनको गासमा ढुङ्गा परेको त्यसपछि लगातार प्रायः गीतहरुमा उनी आलोचित छन् । पछिल्लो समय एक अन्तरबार्तामा अरुको गीत गाउन नजान्दा उनी आलोचित मात्र बनेन व्यापक ट्रोलको सिकार समेत बन्न पुगे । तर, उनी हरेस भने खाने मान्छे हैनन भन्ने कुरा पछिल्लो पटक सार्बजनिक एक गीतका कारण बुझ्न सकिन्छ ।

उनले आलु जस्तो गायक सार्बजनिक गरे । जहाँ अरु कसैलाई आलु जस्तो गायक भनेका हैनन । उनले आफैलाई त्यो उपमा दिएका हुन । गीतमा समाबेश ‘नगर सवाल, हो हो माले भन्ने मान्छे गायक भो बबाल’ लाईनले उनलाई यो विवाद, आलोचना र ट्रोलले फरक नपारेको बुझिन्छ । विवादित गायकको छवि बनाएका थापाको यो गीतमा नेपाली सिने उधोगका नायक तथा म्युजिक भिडियोका स्थापित मोडल पल शाह र पुष्प खड्कालाई पनि फिचर्ड गराईएको छ ।

गीतको भिडियोले युट्युबमा छोटो समयमै राम्रो सफलता पाएको छ । यो समाचार तयार गर्दै गर्दा भिडियो युट्युब नेपालको ट्रेन्डिङ १ मा रहेको छ भने ७ लाख ५८ हजार बढी भ्युज पाएको छ । यता भिडियो लाईक गर्नेको जमात पनि ५२ हजार बढी छन भने ६ हजार ४ सय बढिले डिसलाईक गरेका छन् । ६ हजार बढी आएको कमेन्टमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उक्त आलु जस्तो गीतलाई वसन्त थापाले लेखेका हुन भने उनैले संगीत पनि भरेका छन् । गीतको एरेन्ज कृष्ण बाइक भान्जाले गरेका हुन । शिव बिकको कोरियोग्राफी तथा निर्देशन मा तयार भएको सो गीतको भिडियोलाई माधब श्रेष्ठले सहायक निर्देशन गरेका छन् । यस्तै गीतमा पल शाह, पुष्प खड्का संगै सारिका केसि पनि फिचर्ड छन् । भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोलाई इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया