आमा बन्दै नायिका नीशा अधिकारी

काठमाडौँ / क्रिकेटर शरद भेष्वाकरसँग ७ महिना अघि बिवाह बन्धनमा बाधिएकी  नायिका निशा अधिकारी आमा बन्न लागेकी छन् ।  अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले फेसबुकबाट यस्तो जानकारी दिएकी हुन् । नीशाले आफू गर्भवती भएको ५ महिना भएको समेत जानकारी दिएकी छिन् । चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी नीशाले चलचित्र रिलिज भएपछि आमा भएको घोषणा गरेकी हुन् ।

उनले, आफूले थाहा नपाइ नै आफू आमा भैसकेको लेखेकी छिन् । जुन दिनदेखि आफ्नो पेटमा बच्चा बस्यो, सोहि दिनदेखि आफू आमा भैसकेको उनले बताएकी छन् । लामो समय प्रेममा परेर नायिका अधिकारी र क्रिकेटर भेष्वाकरले काठमाण्डौको अन्नपूर्ण होटलमा बिहे गरेका थिए ।

तपाईको प्रतिक्रिया