आमाले गर्छिन् साम्राज्ञीको पैसाको डिल

हलिउड र बलिउडको कुरा गर्ने हो भने कुनै पनि कलाकारले पारिश्रमिकको डिल आफैं गर्दैनन् । उनीहरुले त्यसका लागि एक भरपर्दो व्यक्ति ‘हायर’ गरेका हुन्छन् । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन । नेपालमा प्रायः कलाकारले पारिश्रमिकको डिल आफैं गर्ने गर्छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि के आफैं गर्छिन् पैसाको डिल ? केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा उनले यो कुराको जवाफ दिइन् । उनी भन्छिन्, ‘म स्क्रिप्ट पढ्छु । राम्रो लाग्यो भने साइन गर्छु तर पैसाको डिल म गर्दिनँ ममीले गर्नुहुन्छ ।’

साम्राज्ञीकी आमा नेहा राज्यलक्ष्मी शाह हुन् । उनी गायिकाको रुपमा परिचित छिन् । साम्राज्ञीलाई आमा बिना निकै कम देख्न पाइन्छ । उनी जहाँ जान्छिन् त्यहाँ आमाको साथ छुट्दैनन् । धेरैले उनीहरुलाई आमा-छोरी नभएर साथी भन्ने गर्दछन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया