आमाबाबुसँग बस्न पाउनु गर्व : अभिषेक बच्चन

एजेन्सी -अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनबीच गज्जबको सम्बन्ध छ । बाबु–छोरा भए पनि उनीहरू एक–अर्कामा साथीको जस्तो व्यवहार गर्ने गर्दछन् । कहिलेकाहीँ अमिताभ र अभिषेकको विषयमा सामाजिक सञ्जालमा ट्रोलसमेत बन्ने गरेको छ ।

अभिषेक अहिले पनि आफ्ना बाबु–आमासँग बस्ने गरेको बारेमा हालै एउटा ट्रोल बनेको थियो । त्यो ट्रोलले निकै चर्चा पाएको थियो । त्यसबारे अमिताभले राम्रै जवाफ दिएका छन् ।
उनले अभिषेक छोरा मात्र नभई आफ्नो साथीजस्तो भएको बताएका छन् । ‘जुन दिन मेरो जुत्ता अभिषेकको खुट्टामा ठीक भयो, त्यहाँदेखि ऊ मेरो साथी बनेको हो,’ अमिताभले भनेका छन्, ‘अचेल ऊ मेरो कपडा पनि माग्छ । ऊ मेरो एकदम मिल्ने साथी हो । ऊ मेरो अन्तिम साससम्मै सँगै रहनेछ ।’

सन्तान हुर्किएपछि बाबुआमासँग छुट्टिएर बस्ने वेस्टर्न कन्सेप्ट भएकाले आफूहरू त्यसको पक्षमा नरहेको अमिताभले स्पष्ट पारेका छन् । उनको भनाइ छ, ‘हाम्रो संस्कारमा सन्तान सधैँ बाबु–आमासँगै बस्ने गर्दछन् ।नयाँ पत्रिकामा खबर छ ।

मलाई जसले जे भने पनि फरक पर्दैन ।’ अभिषेकले भने बाबु–आमाको साथमा बस्न पाउँदा गर्व लाग्ने गरेको बताएका छन् । ‘म बाबु–आमासँग बस्छु । यसमा मलाई गर्व छ । तपाईंहरू पनि सक्नुहुन्छ भने आमा–बाबुसँग बस्नुस् । खास जिन्दगी त्यहाँ छ,’ अभिषेकको भनाइ छ । इताजाबाट

PURBELI TV

तपाईको प्रतिक्रिया