आफ्नै ‘हुक्का बार’मा मस्त मोडल संग यसरी नाचे गायक टंक (भिडियो सहित)

ईटहरी / युवापुस्ताको लोकप्रिय गायक मध्येका एक हुन टंक तिमिल्सिना । विशेषगरि लोक-पप बिटका छमछमी नचाउने खालका गीतहरु सार्बजनिक गर्दै आएका उनले भर्खरै अर्को एक यस्तै डान्सिङ गीत सार्बजनिक गरेका छन । ‘हुक्का बार’ बोलको गीतमा उनले आवाज भरेका हुन भने प्रकाश साउद प्रीयनले गीतको शब्द लेखेका हुन ।गायक आफैले संगीत भरेको गीतलाई केशब बदुले एरेन्ज गरेका छन । अरुलाई नचाउने शैलिका गीत निकाल्ने टंक यो पालि भने आफै पनि हुक्का बारमा मस्त मोडल संगै छमछमि नाचेका छन ।

बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा टंक संगै हट अवतारमा मोडल चन्दा दाहालले नाच्न सघाएकी छिन भने साथमा प्राकाश साउदलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियोलाई प्रकाश खड्काले खिचेका छन भने मिलन बिकले सम्पादन गरेका छन । गायक टंकले आफ्नै नामको युट्युब च्यानलबाट यो गीतलाई सार्बजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया