आफनो कथा सुनाउन प्रमोद खरेल इटहरी आउदै

सुनसरी । सुनसरीको इटहरीमा शुक्रबार साझ गायक प्रमोद खरेलले आउने भएका छन । अ स्टोरी अफ योंग हर्टको आयोजना हुन लागेको एक कार्यक्रममा सहभागि हुनका लागि गायक खरेल इटहरी आउने भएका हुन । इटहरी स्थित ओसियन पार्क एण्ड रिसोर्टमा हुन लागेको उक्त साझमा गायक खरेलले आफनो लाइफ स्टोरी सुनाउने आयोजक समितिका प्रबन्ध निर्देषक सुजन घिमिरेले बताए ।

गायक खरेलले आफनो स्टोरी संगै आफना दर्जन बढि गितहरु पस्कने कार्यक्रम रहेको निर्देषक घिमिरेले बताए । झण्डै १ बर्ष अघिबाट स्टोरी सुनाउने कार्यक्रमको आयोजना गरिएको भएपनि लक डाउनले गर्दा कार्यक्रम गर्न सकिरहको थिए । सफल ब्याक्तित्वहरुको स्टोरी सुनाउदा युवाहरुमा सकारात्मक उर्जा उत्पन्न हुने भएकाले युवाहरुलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरिएको आयोजक अ स्टोरी अफ योग हर्टले जनाएको छ । जस अन्र्तगत बिद्यार्थिहरुले कार्यक्रममा प्रबेश गर्नका लागि न्युनतम शुल्क राखिएको जनाएको छ ।

शुक्रबारको कार्यक्रममा डाइनामिक ब्याण्डले समेत प्रस्तुति गर्ने बताइएको छ । शुक्रबारको साझमा आउने दर्शकहरुले फेमिलि प्याकेज,साधारण प्योकजका टिकटहरु बिक्रि गरिएको छ । गायक कमल खत्रिले इटहरी आएर लक डाउन अघि यस भन्दा पहिले आफनो स्टोरी सुनाइसकेका छन ।

तपाईको प्रतिक्रिया