आज फुड फेस्टिभलमा ‘कमल खत्री’, बोकेदारी र नेक्सस ब्याण्डको पनि प्रस्तुती रहने

ईटहरी/ खानाका परिकारहरुलाई विशेष मध्यनजर गर्दै ईटहरीमा पहिलो पटक आयोजना भएको ‘ईटहरी फुड फेस्टिभल’को भब्य आयोजना भैरहेको छ । विभिन्न राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहेको मेलामा आज चर्चित पप गायक गायक कमल खत्री को विशेष प्रस्तुती रहने भएको छ । कमल यतिबेला देश बिदेशका धेरै स्टेज कार्यक्रममा ब्यस्त छन् । उनले फेस्टिभल आज आफ्नो चर्चित गीतहरु गाएर ईटहरीबासिलाई झुमाउने भएका छन् ।

साझ ५ बजेबाट सुरु हुने कार्यक्रममा कमल संगै हास्य गायक श्रीकृष्ण लुईटेल र नेक्सस ब्याण्ड को पनि विशेष प्रस्तुति रहने छ । ९ दिन भनिएको यो फेस्टिभल एक दिनका लागि अझै थप गरिएको आयोजक सस्थाका अध्यक्ष मनोज भुजेलले जानकारी गराए । कार्यक्रमलाई युथ फर सोसियल डेभलपमेन्टले गत १८ गतेबाट संचालन गरिरहेको छ । फेस्टिभललाई माननीय उपप्रधानमन्त्री बिजय कुमार गक्षदारको प्रमुख उपस्थितिमा औपचारिक उद्घाटन भएको हो ।

विभिन्न खानाका परिकारहरुको स्वाद सहित मेला अवलोकन गर्दै साङितिक माहौलमा रमाउन पाउने एक मात्र अवसर हो ‘ईटहरी फुड फेस्टिभल’ । फेस्टिभलमा प्राश्ना साक्य, श्रेया सोताङ, प्रमोद खरेल, अल्मोडा राना र ज्योती मगरले आफ्नो प्रस्तुती दिसकेका छन् । कार्यक्रम हरेक दिन दिउँसो ४ बजे सुरु भइ राती ८ बजे सम्म संचालन रहने छ ।

तपाईको प्रतिक्रिया

Loading…