आजबाट ‘फाटेको जुत्ता’ संगै हलमा ‘धनवान’, ऎश्वर्य पनि दोश्रो हप्तामा

फिल्महलहरुमा ‘एश्वर्य’ ले दोश्रो हप्ता टेक्दै गर्दा आजबाट २ फिल्महरु प्रदर्शनमा आएको छ । फिल्म ‘फाटेको जुत्ता’ र ‘धनवान्’ आजबाट एकसाथ हलहरुमा प्रदर्शन हुदैछ । ट्रेलर, प्रचारप्रसार र गीत-संगीत मार्फत प्रतिक्षित बनेको चलचित्र ‘फाटेको जुत्ता’ संग नामै नसुनिएको फिल्म ‘धनवान्’ प्रदर्शनमा आएपनि फाटेको जुत्ताको ब्यापारमा कुनै असर नगर्ने पक्का देखिन्छ । प्रतिक्षीत बनेको यो फिल्म फाटेको जुत्तामा सौगात मल्ल, प्रियंका काकी, कामेश्वर चौरासिया, अनोज पाण्डे लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

अर्जुन कुमारले निर्माण गरेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । त्यस्तै प्रचारप्रसारमा पनि खासै नआएको फिल्म ‘धनवान्’ लाई दुर्गा खड्का ले निर्माण गरेका हुन भने ऋषि न्यौपानेले निर्देशन गरेका छन । मौनता श्रेष्ठले फिल्मको कथा तयार परेका हुन भने भरत थापा, समिता गिरी, दिनेश शर्मा, सुशील क्षेत्री, केदार घिमिरे, सुरविर पण्डित (दाह्री बा) लगायतका कलाकारहरुको अभिनय धनवानमा देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया