आँचल शर्मालाई पाउन निवेदन लेख्दै ‘गुणराज’ [भिडियो सहित ]

नेपाली चलचित्र एबम म्यूजिक भिडियोकी चर्चित नायिका आँचल शर्मा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गुणराज श्रेष्ठको स्वर रहेको गीत ‘निवेदन’मा बि. पाण्डेका शब्द र सुवास भुषालले संगीत रहेको छ ।गीतमा उदयराज पौडेल एरेन्जर छ भने ।सार्वजनिक ‘निवेदन’ बोलको गीतको भिडियो त्यतिकै रमाईलो पनि बनाईएको छ ।

दुई व्यापारी युवाहरु ‘गुणराज’ र ‘राजेश’ नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ । विकास सुवेदीले निर्देशन गरेको भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया