अायाे दुखद समाचार : प्रेममा धाेका पाएपछि अर्की बलिउड नायिकाले गरिन अात्महत्या

एजेन्सी १० माघ । बलिउड अभिनेत्री तथा गायिका रचना धीमानले पासो लगाएर आत्महत्या गरेकी छिन् । रचनाले हिमांचल धर्मशालामा भाडामा बस्दै आएको घरको कोठमा सलको पासो लगाएर आत्महत्या गरेको भारतीय सन्चारमध्यमहले जनाएका छन् । उनले हिमाचली – पन्जाबी र भोजपुरी फिल्ममा समेत अभिनय गरेकी छन् ।

प्रेममा धोका खाएपछि उनी केहि समय देखि डिप्रेसनमा रहेको पारिवारिक स्रोतले जनाएको छ । शुक्रबार बिहान करिब ११ उनी भाडामा बस्दै आएको कोठामा झुण्डिएको अबस्थामा फेला परेकी थिइन् । २४ वर्षीय रचना संगीत सिक्नको लागि त्यहाँ गएको समाचारमा जनाइएको छ । उनको आत्महत्याको कारण भने स्पष्ट हुन सकेको छैन यसबारेमा प्रहरीले अनसन्धान गरिरहेको बताईएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…