अाफै माथी छानबिन गर्नुस भन्दै दिपक र दिपाले दिए प्रहरीमा उजुरी : कारण यस्ताे छ !

काठमाडौं। आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ‘छक्का पञ्जा’ निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ ।

नवलपरासी स्थायी घर भई काठमाडौंको सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले छक्का पञ्जा पाइरेसीम संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ‘रहस्यमय सृसाइड नोट’ लेख्दै आत्महत्या गरे ।

त्यसपछि दीपक–दीपालाई आत्महत्यामा जिम्मेवार रहेको आरोप लगाउँदै सामाजिक सञ्जालदेखि कतिपय मिडियाले समाचार लेखे भने कारबाहीको माग गर्दै विद्यार्थी संगठनले प्रदर्शन गरे ।

सुवेदीले आत्महत्या गरेका बेला दीपक दीपा भने सोही फिल्मको प्रदर्शनका लागि युरोप पुगेका थिए । बिहीबार स्वदेश फर्किएका उनीहरुले शनिबार आत्महत्याप्रति गहिरो शोक प्रकट गर्दै सत्यतथ्य छानबिनका लागि उजुरी दिएका हुन् । नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

Loading…