अशोक दर्जीको मनछुने पहिलो गीत सार्बजनिक, हेर्नुस् (भिडियो सहित)

ईटहरी/ केहि समय अगाडि युट्युबमा निकै भाईरल बनेका अशोक दर्जीको जिन्दगीको पहिलो गीतको भिडियो सार्बजनिक भएको छ । आज सार्बजनिक भएको उनको पहिलो गीतलाई टंक बुढाथोकीले प्रतिभाको कदर गर्दै सित्तैमा रेकर्ड गराएका हुन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको उनको गीतलाई भिडियो समेत बनाएर सार्बजनिक गरिएको हो । उनि भाईरल भए पछि र अघिको जीवनलाई समेटेर बनाईएको भिडियो ।

सार्बजनिक उक्त गीत ४ मिनेट ४० सेकेण्डको रहेको छ । तर भिडियो भने ११ मिनेट ३० सेकेण्डको सार्बजनिक गरिएको छ । सुरुमा अशोकको आवाज समाबेश गरिएको गीतको भिडियो छ भने उक्त पुरा भिडियोमा अशोक र गायक टंक तिमिल्सिना देखिएका छन् । भिडियोको बाकि भागमा गीत तथा भिडियो निर्माताहरुलाई देखाईएको छ भने अशोक दर्जी चर्चामा आएपछि उनले पाएका अवसर र उनलाई सहयोग गर्ने युट्युब च्यानलका भिडियोहरुको स्क्रीनसटलाई समाबेश गरिएको छ । हेर्नुस पुरा भिडियो ।

सार्बजनिक गीतमा गायक तथा संगीतकार टंक बुढाथोकीको पनि आवाज रहेको छ । निकै नै मार्मिक लाग्ने गीतमा अशोकको आवाजमा स्थापित गायक बन्ने सम्भाबना देखिन्छ । संगीत शिक्षा पनि सुरु गरेका अशोकको आगामी गीतहरुमा अझै निखारिएको आवाजले सबैको मन अझै जित्ने छ । सार्बजनिक गीतमा अशोक र टंकको आवाजलाई उनी गायक टंकले संगीत भरेका छन् ।

यतिमात्र हैन गीत एरेन्ज देखि लिएर भिडियो कन्सेप्ट, सम्पादन र निर्देशन समेत टंकले नै गरेका छन् भने गीतलाई बि राज नेपालले लेखेका हुन् । स्टुडियो नाईनमा रेकर्ड भएको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका हुन् भने शोम मगरातीले शृंगार गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया