अशोक दर्जीको घर निर्माणका लागि २० लाख आयो, सहयोगीहरुको नामावली सहित

काठमाडौं । केही समय देखि नेपाली संगीतकार टंक बुढाथोकी विवादमा तानिएका हुन् । बाल गायक अशोक दर्जीको म्युजिक निर्माण गरिदिएपछि चर्चामा आएका उनी अशोककै कारण विवादमा तानिएका हुन् ।

अशोक दर्जीलाई सहयोग गर्ने समूहमा भएका केही व्यक्ति र अन्य केही दर्शकले टंकले अशोकलाई आफ्नो स्वार्थको निम्ती प्रयोग गरेको आरोप लगाएपछि उनी विवादमा तानिएका हुन् । केहीले टंकले अशोकलाई झापाबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप समेत लगाएका थिए।

टंक बुढाथोकीले भने आफूले निस्वार्थ रुपमा अशोकलाई सहयोग गर्दै आएको बताएका छन् । उनले अशोकको म्युजिक भिडियो निकालेपछि देश विदेशका कन्सर्टमा अशोकलाई संगै लिएर हिंडेका छन् भने घर निर्माण कार्यमा समेत जुटेका छन्।

अशोकले पछिल्लो एक भिडियोमा अशोकको घर निर्माणको काम अन्तिम अवस्थामा पुगेको बताएका छन्। साउन महिनामा घर सर्न नमिल्ने देखिएका कारण भदौ महिना सम्ममा अशोकको परिवार नयाँ घरमा सर्ने बताएका छन् । उनले अशोक अहिले काठमाडौंको तिनकुने स्थित एप्पल बोर्डिंग स्कुलमा भर्ना भएर पढ्न थालेको समेत जानकारी दिएका छन्।

Purbeli TV

तपाईको प्रतिक्रिया