अशोकसँगै उनका साथीले पनि पाए १० कक्षासम्म निःशुल्क पढ्ने अवसर (भिडियो सहित)

उर्लाबारी/ बालगायक अशोक दर्जीका बालशखा टिकाराम धिमालले पनि अशोकसँगै १० कक्षासम्म निःशुल्क पढ्ने अवसर पाएका छन् । भुइकटर नामले परिचीत उनलाई अशोक पढेको स्कुल बेथेल एजुकेशन एकेडेमीले पढाउँने भएको हो । आर्थिक अवस्था अशोकको जस्तै दयनिय भएकाले उसलाई पनि पढ्ने अवसर दिइएको विद्यालयका प्रीन्सिपल दिपक न्यौपानेले बताए ।

होस्टल सहित भुइकटर उर्फ टिकारामलाई १० सम्म पढ्ने व्यवस्था मिलाएको न्यौपानेले बताए । बालगायक अशोक दर्जीले साथीलाई पनि उनीसँगै पढ्ने वाताबरण मिलाइदिन पत्रकार किसोर श्रेष्ठसँग आग्रह गरेपछि पत्रकार श्रेष्ठले विद्यालयका प्रेन्सिपलसँग यस विषयमा कुरा राखेका थिए । प्रिन्सिपल न्यौपानेले यसलाई सकारात्मक लिएपछि अशोकका साथीले अशोकसँगै पढ्ने अवसर पाएका हुन् ।

अशोक र उनका घनिस्ट मित्र टिकारामको मित्रताले गर्दा पनि शिलान्यास कार्यक्रममा पढाउने वाताबरण मिलाएको पत्रकार श्रेष्ठले बताए । अशोक सडकपेटीमा गीत गाउँदै हिड्दा उनका साथी भुइकटर गीत सुनेर प्राप्त हुने रकम संकलन गर्ने गर्थे । अशोक रातारात चर्चामा आएसँगै उनीहरु दुईबिच भेट्भाट हुने अवसर मिलेको थिएन् । तर अशोक दर्जीको घर शिलान्यास कार्यक्रममा भने यी पुराना मित्रको भेट् भएको थियो ।

उक्त भेट्को क्रममा अशोकले आफ्ना घनिस्ट मित्र भुइकटरलाई पनि आफूसँगै पढ्ने अवसर मिलाइदिन आग्रह गरेका थिए । यतिबेला यिनीहरु दुबैजनासँगै रहेका छन् । पत्रकार किसोर श्रेष्ठको पहलमा टिकालाई समाजसेवी पूर्ण वाईवा, ममता राना, बुलन्द पाशवान लगायतले स्कुलको पोशाकसँगै अन्य पोशाकहरु खरीद गरिदिएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया