अशोकको घरमा युटुवको लोगो राख्ने

उर्लाबारी / बालगायक अशोक दर्जीको झापा दमकमा निर्माण भइरहेको घरमा युटुवको लोगो राख्ने गायक टंक बुढाथोकीले बताएका छन् । युवा मन नेपाल युटुव च्यानलसँगको कुराकानीका क्रममा गायक बुढाथोकीले अशोक दर्जीको अहिलेको चर्चा युटुवका कारण नै भएकाले नयाँ घरमा लोगो राख्न लागीएको बताए । सामाजिक संजालको बढ्दो प्रयोगकर्ता र यसको सही सदुपयोगले गर्दा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले पनि लोगो राख्न लागेको उनले बताए ।

हाल अशोकको घर निर्माण कार्यको निरीक्षणमा व्यस्त गायक बुढाथोकीले सबैको साथ सहयोग र मायाले गर्दा नै अशोकको यो सफलता पाएको पनि बताएका छन् । घर निर्माणको आधा काम सकिएको र झरेली समस्या नपारेको खण्डमा निर्माण कार्य तोकीएको समयमा नै सकिने पनि गायक बुढाथोकीलले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया