अर्बपति बिनोद चौधरीले हल बुक गरेर किन हेरे फिल्म ‘छक्का पञ्जा २’

असोज ११ बाट प्रदर्शनमा आएको दीपाश्री निरौलाको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘छक्का पञ्जा–२’ अझै पनि धेरै हलहरुमा प्रदर्शन भइरहेको छ । दर्शकहरुले निकै नै रुचाएको चलचित्र ‘छक्का पञ्जा २’लाई अर्बपति विनोद चौधरीले पुरै शो नै किनेर हेरेका छन् ।

चौधरीले ‘छक्का पञ्जा २’को पुरै शो किनेर चलचित्रमा अभिनय गरेका कालाकारसँग बसेर उक्त चलचित्र हेरेका हुन् । चौधरीले फिल्मका कलाकारसंग बसेर पुरै शो किनेर फिल्म हेरको भन्दै निकै प्रशंसा समेत पाएका छन् । चलचित्रका कलाकार केदार घिमिरेले ‘आदरणीय उद्योगपती बिनोद चौधरी ज्यूलाई हामीले टिकट उपलव्ध गराउनुको सट्टा उल्टो उहाँले सिंगै शो किनेर हामीलाई सँगै बसेर हेरौ भनेर निम्तो दिनुभयो र उहाँको नेपाली चलचित्र प्रतिको माया सँधै यसै गरि कायम रहोस्’भनेर आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्की, दिपकराज गिरि, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘छक्का पञ्जा–२’ ले अहिलेसम्म १२ करोड भन्दा बढीको कारोबार गरिसकेको छ । दोस्रो चलचित्रको सफलतासँगै निर्माण टिमले आगामी वर्षको फूलपातीमा रिलिज गर्ने गरी ‘छक्का पञ्जा–३’ को समेत घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया