अर्जुन र सपना उदास हुदा प्रमोद खरेलले गाए यस्तो गीत, भिडियोमा हेर्नुस्

काठमाडौं/ गायक प्रमोद खरेलको स्वरमा ‘पागलपन’ एल्बममा समावेश रहेको नयाँ सेन्टिमेन्टल गीत ‘उदास हुन्छु’ सार्वजनिक भएको छ । प्रेम र विजोडको पललाई समेटेर कैद गरिएको भिडियो आईतबार साँझ मात्रै सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा अर्जुन श्रेष्ठ र सपना भेटवाललाई फिचरिङ गरिएको छ । हेर्नुस् भिडियो ।

लालबहादुर तामाङको शब्द, लोकनाथ सापकोटाको रचना र संगीत रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । टंक केसीको छायाँकन र विकास ज्ञवालीको सम्पादन रहेको गीतको भिडियोलाई मदन खडकाले निर्देशन गरेका हुन । गीतको अडियो, भिडियोको काम ओखलढुंगा म्युजिक प्रा.लिले गरेको छ । लाखौं दर्शक र स्रोताको ढुकढुकी बनेका प्रमोदले यसअघि ‘दन्तैमा’ बोलको गीत बजारमा ल्याएका थिए ।

तपाईको प्रतिक्रिया