अरेबियन बने धुर्मुस-सुन्तली, यस्तो छ अरबी भाषामा उनीहरुको नाम

टेलिभिजनको पर्दामा एक नम्बरको फटाहा पात्रको रुपमा परिचित ‘धुर्मुस’ अर्थात सिताराम कट्टेल र उनका धर्मपत्नी ‘सुन्तली’ कुन्जना घिमिरे अहिले समाज सेवामा तल्लिन छन् । टेलिभिजनमा नकारात्मक भुमिकामा भएपनि उनिहरु समाजमा सकारात्मक काम गरेर सबैको मन जितेका छन् ।

पछिल्लो समय ‘एकीकृत सन्तपुर नमुना बस्ती’ निर्माणमा जुटेका उनिहरु हाल साउदी अरबमा छन् ।त्यहा एक कार्यक्रममा पुगेका उनिहरु सामाजिक संजालमा नेपाली भन्दा फरक भेषमा प्रस्तुत भएका छन । साउदिमा मुस्लिम समुदायले लगाउने पहिरन लगाएर सिताराम र कुन्जनाले फेसबुकमा तस्बिर सार्बजनिक गरेका छन् ।

तस्बिर संगै सितारामले ‘साउदी अरबका शेख महम्मद धुर्मुसुल्लाह बिन खुर्मुसुल्लाह, धर्मपत्नी बुर्कावाली सुन्तुसुल्लाह संग’ भनेर आफुहरुको नाम पनि परिवर्तन गरेर लेखेका छन् ।धुर्मुस(सुन्तली फाउन्डेसनबाट निर्मित उक्त ‘एकीकृत सन्तपुर नमुना बस्ती’को लागि अझै केही रकम अभाव भैरहेको बेला उनिहरु साउदी पुगेका हुन् ।

पारिवारिक समाज नेपाल साउदी अरब र सिटि एक्स्प्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा साउदी अरबको रियाद सहरमा हुने कार्यक्रमको लागि पुगेका थिए । विशेषगरि एकीकृत सन्तपुर नमुना बस्ती निर्माणको लागि आर्थिक सहयोग संकलनकै सिलसिलामा आज त्यहा ‘धुर्मुस(सुन्तली साझ’ कार्यक्रमको तय गरिएको हो ।

तपाईको प्रतिक्रिया