अम्बिकाले डुबाईन पल शाहलाई सन्ध्याको मायामा ( भिडियाे सहित )

ताप्लेजुङ । बरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘आदत बन्यौ तिमी मेरो’ बोलको गीतको म्युजिक भिडियोले छोटो समयमा नै चर्चा कमाएको छ । प्रेम दिवसको अवसर पारेर केही दिन अघि मात्र यु–ट्युव मार्फत सार्वजानिक भएको उक्त गीतको म्युजिक भिडियोलाई झण्डै दुई लाख दर्शक तथा श्रोताले हेर्न भ्याएका छन् भने हज्जारौ दर्शक तथा श्रोताले रुचाएका छन् ।

गीतकार गुरुङले श्रोता एवम दर्शकको मागलाई मध्यनजर गर्दै उक्त गीत प्रस्तुत गरेकि हुन ।  यस गीतलाई चर्चित गायक सुमन केसीले स्वर दिएका छन भने शंकर थापाले संगीत भरेका छन । उदयराज पौडेलले संगीत संयोजन र अर्जुन अधिकारीद्धारा निर्देशित यस गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री सन्ध्या केसीले मोडलिङ गरेका छन् ।

हरी हुमागाईद्धारा छायांकन गरिएको भिडियोमा उनिहरुको अभिनय निक्कै रोमान्स देखिन्छ ।भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई गीतकार अम्बिका गुरुङकै यु–ट्युव च्यानल भावसागर ईन्टरटेन्मेन्ट एलएलसीमा अपलोड गरिएको छ । हाल अमेरिकामा रहेर नेपाली गीत संगीतलाई माया गर्दै अाएकि गीतकार अम्बिका गुरुङले चाँडै अन्य नयाँ गीतहरु समेत सार्वजानिक गर्ने तयारी भईरहेको बताएकि छिन।

 

तपाईको प्रतिक्रिया