अमिताभ बच्चन अस्पताल भर्ना, कलेजोमा देखियो समस्या

बलिउड अभिनेता अमिताभ बच्चन ३ दिनदेखि अस्पताल भर्ना भएका छन् । रुटिन चेकअपका लागि उनी मंगलबार अस्पताल भर्ना गरिएको बताइएको छ । उनी अझै २ दिन अस्पतालमै रहनेछन् ।उनलाई अस्पताल भर्ना गरिएको बारे कसैलाई पनि जानकारी दिइएको थिएन । यतिसम्म कि, बलिउडका सेलिब्रेटीलाई समेत यो बारेमा थाहा थिएन । अमिताभ आफैंले धेरैपटक भनिसकेका छन् कि उनको कलेजोको २५ प्रतिशतले मात्रै काम गरिरहेको छ । तर ३ दिनको अस्पताल भर्नासँगै अहिले उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको बताइएको छ ।

अस्पतालले अमिताभसँग कसैलाई पनि भेट्न दिएको छैन । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे पनि कुनै जानकारी दिएको छैन । कतिपयले भने अमिताभ अचानक बिरामी भएका कारण अस्पताल लगिएको हुनसक्ने बताएका छन् । किनकि, उनलाई बिहान ३ बजे मुम्बईस्थित नानावती अस्पताल पुर्‍याइएको थियो ।

सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उनमा समस्या हुन थालेको बताइएको छ । खबरका अनुसार छायांकनको क्रममा चोट लाग्दा उनलाई गल्तिले हेपाटाइटिस बी को बिरामीको रगत चढाइएको थियो । अहिले उनको कलेजोले ७५ प्रतिशत काम गर्न छोडिसकेको छ । जसको कारण सिरोसिस बताइएको छ । अस्पतालमा अमिताभको एक विशेष कोठामा राखेर उपचार भैरहेको छ । उनलाई जुहुस्थित नानावती अस्पतालमा राखिएको बताइएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…