अभिनेत्री राखी , जो बाबा रामदेबसँग विहे गर्न चाहन्थिन

एजेन्सी । राखी सावन्त कयौंपटक आफ्नो भनाइका कारण विवादमा आइसकेकी छन् । उनको विवाद तथा प्रतिक्रियासँग धेरै पुरानो नाता छ । अहिले राखी सावन्त आफ्नो ३८ औं जन्मदिन मनाउँदै छन् । पछिल्लो दिन फिल्म पद्मावतीलाई लिएर उनको भनाइ विवादमा आएको थियो । यस अघि पनि उनले भगवान बाल्मीकीलाई डाकू भनेका कारण चर्को विरोधको सामना गर्न परेको थियो ।

विभिन्न स्टन्टका कारण चर्चामा आइरहेने उनले योगगुरु बाबा रामदेवसँग विवाह गर्नको लागि तयार रहेको भनाइ सार्वजनिक गरेकी थिइन्ज, सका कारण उनी थप चर्चामा आएकी थिइन् । राखी सावन्त अन्न हजारेको टीमसँग पनि रिसाएकी थिइन्, र उनले कयौंपटक हजारेलाई भेट्न खोजेपनि त्यो अवसर जुट्न सकेन । उनले आफूलाइ हजारेसँग भेट्न दिइएको खण्डमा उनको मौन व्रत तोड्नसक्ने दाबी गरेकी थिइन् ।

त्यस्तै, फिल्म तनु वेड्स मनुका लागि एक म्युजिक भिडियामा कंगनालाई मिकासँग किस सिन दिनु थियो । तर उनले आफू राखी सान्त नभएको जो यस्तो सिन गर्न सकुन् भन्दै प्रतिक्रिया दिएकी थिइन् । त्यसपछिको एक पार्टीमा मिकाले राखीलाई सवैको अगाडि किस गरेका थिए । अमेरिकाको शिकागो शहरमा आयोजित प्री इन्डिपेन्डेन्स पार्टीको अवसरमा राखी सावन्त शार्ट व्याक ड्रेसमा देखिएकी थिइन । उनको कालो कपडामा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो प्रिन्ट गरिएको थियो । उनको त्यस पहिरन उत्तेजक खालको थियो । जसको तस्वीर उनले सामाजिक सञ्जालमा राखेकि थिइन् । जसको चर्को आलोचना भएको थियो ।न्यूज२४बाट

तपाईको प्रतिक्रिया