अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका घोषणा

इटहरी / अभिनेत्री करिश्मा मानन्धरले २०४५ सालमा चलचित्र ‘सान्तन’बाट नायिकाको रुपमा डेब्यु गरेकी थिईन् । उनले चलचित्र बृत्तमा काम गरेको ३२ वर्ष भयो । तीन दशक भन्दा लामो समयदेखि नायिकाको रुपमा अनबरत तरिकाले काम गर्दै आएका र अहिलेसम्मकै सबैभन्दा धेरै सफल चलचित्रमा काम गरेको भन्दै करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको छ । अभिनेता राजेश हमालको विशेष आतिथ्य तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा आर के ईण्टरटेन्मेण्टले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा करिश्मा मानन्धरलाई महानायिको उपाधि प्रदान गरिएको हो ।

राजेश हमाल महानायक भएकाले कार्यक्रममा हमालबाटै करिश्मालाई महानायिकाको स्यासे लाउन लगाईयो । यसो गर्दा अझ आधिकारिक हुने आयोजक पक्षको जनायो । अभिनेता राजेश हमाललाई पनि आफुहरुले महानायकको उपाधि प्रदान गरिएको र उनको जोडी बनेर धेरै हिट फिल्म नेपाली चलचित्र उधोगलाई दिएकी अभिनेत्री करिश्मा मानन्धरलाई सोही कारण महानायिकाको उपाधि प्रदान गरिएको सो सस्थाका अध्यक्ष राम केसी ‘लक्की’ले बताएका छन् ।

समारोहमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरिएको हो । उनलाई राजेश हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरे । उनलाई प्रदान गरिएको यो उपाधि यहाँहरुलाई कस्तो लाग्यो ? नेपाली चलचित्र उधोगमा महानायिका घोषणा गर्न आवस्यक थियो की थिएन ? यो उपाधि करिश्मालाई नै दिनु सही हो की अन्य नायिकालाई दिनु पथ्र्यो ? यी र अनेक प्रश्नहरु त छदै छ । जे होस् नेपालि सिने उधोगले महानायिका पनि पाएको छ ।

तपाईको प्रतिक्रिया