अभिनेता अनुप बिक्रम र बलिउडकी हट नायिका सन्नी एकसाथ फिल्म खेल्दै

काठमाडौँ / बलिउड नायिका सन्नी लिओनी नेपाली चलचित्रमा अनुबन्धीत भएकी छन् । कलिउडमा धेरै नै चर्चामा आइरहेका अभिनेता अनुप बिक्रम शाही सँग बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले एकैसाथ नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । विक्रम जोशीले निर्देशन गर्न लागेको यस चलचित्रमा अनुप बिक्रम शाहीको मुख्य भुमिका हुनुका साथै कलाकार रविन्द्र झा, छुल्ठिम गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारहरुको अति नै जोडदार अभिनय रहनेछ ।

बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्ने चलचित्रको नाम ‘पासवर्ड’ हो । चलचित्रको छायांकनको लागि अनुप बिक्रम केही दिनमा लण्डनमा उड्दै छन् । साथै सन्नी पनि केहि दिनमा लण्डन उड्नेछिन्। फिल्ममा सन्नी र अनुपको धेरै सिनहरु रहेको छ । चलचित्र खिच्नको लागि भारत बाटै प्राविधिक टोली लगिनेछ। सन्नी लियोनीले यस चलचित्रको लागि करोड बढि भारतिय रुपियाँ लिएर काम गर्न लागेकी हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…