अभद्र व्यवहार तथा प्रतिलिपि अधिकार हनन गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालक पक्राउ

काठमान्डाैं / प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लेना शर्मा रेग्मीलाई प्रहरीले आज पक्राउ गरेको छ । केही दीन अघि आफूलाई अभद्र व्यवहार गरेको र प्रतिलिपि हनन् गरेको भन्दै गायक प्रमोद खरेल साथै अन्य सङ्गीतकर्मीहरू र कलाकारहरूले विन्ध्यवासिनी म्युजिक विरुद उजुरी दायरा गरेका थिए ।

सुवास रेग्मी विन्दवासिनी म्युजिक प्रालिका सञ्चालक र लेना रेग्मी सहित अन्य विन्ध्यवासिनीमा कार्यरतहरूलाई कारबाही गर्न प्रहरी समक्ष अनुरोध गरेका थिए । टेकु प्रहरी परिषद्मा कारबाहीको निवेदन जारी गर्दै ५७ जना सङ्गीतकर्मी साथै गायकहरूले हस्ताक्षर गरेका छन् l २०६६ चैत २७ देखि प्रणय एल्बमको व्यापार तथा बजार प्रवर्द्धनका लागि पाँच वर्षको समय विन्ध्यवासिनी म्युजिकसँग रहे पनि अहिलेसम्म सम्झौता पुनः नवीकरण नगरी व्यापार व्यावसाय गरिरहेको भन्दै प्रस्तोताको प्रतिलिपि अधिकारसँगै आर्थिक अधिकारसमेत हनन् भएको भन्दै प्रमोद कानुनी उपचार खोज्दै प्रहरीसमक्ष पुगेका हुन् ।

आफ्नो सिर्जना नियम अनुसार फिर्ता माग्दा गाएका प्रमोदलाई कम्पनी सञ्चालकले अभद्र व्यवहार गरेको विन्ध्यवासिनीलाई आरोप थियो । “सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट गालीगलौज, अपमानपूर्ण र अन्यायपूर्ण अभिव्यक्ति भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,” अपिलमा लेखिएको थियो, “उक्त म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई स्रष्टा प्रस्तोताहरूप्रति लक्षित गरी गरिएका गालीगलौज र मानमर्दनविरुद्ध कानुनी प्रक्रियाद्वारा आवश्यक कारबाही गरिदिन हुन अपिल गर्दछौँ ।”

संगीतकार लक्ष्मण शेष, गायक राजेश पायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य, इन्दिरा जोशी, संगीतका संगीतकार लक्ष्मण शेष, गायक राजेश पायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य लगायतले पत्रमा हस्ताक्षर गर्दै निवेदकले आफ्ना सिर्जना नियम अनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको गायक खरेलको आरोप साथै उनीहरुले नेपाली संगीत डिजिटल युगमा प्रवेश गरेसँगै आफैँले लगानी गरेर बजारमा ल्याएको गीत लगानीकर्ताको हुनुपर्ने माग पत्रमा जारी छ ।

तपाईको प्रतिक्रिया