नाटकमा अभिनय गर्दा जुन अानन्द अाउछ त्याे ब्यक्त गर्न सकिन्न । – राजन खतिवडा

डेढ दशकदेखि रंगकर्ममा सक्रिय राजन खतिवडा मण्डला नाटकघरका क्रियटिभ डाइरेक्टर हुन् उनि मण्डला थएटरका संस्थापक समेत हुन् । मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ जारी रहेको छ । नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन भईरहेको छ । यसै सन्दर्भमा अभिनेता राजन खतिवडासंग पुर्वेलीन्यूजले गरेको कुराकानीः

तपाइहरू अहिले नाटक प्रदर्शन गर्दै अाइरहनु भएकाे छ याे पूर्वलार्इ राेज्नुकाे कारण के हाे ?

हामि पूर्वमा मात्रै कहाँ सिमिमत छाै र पश्चिममा पनि गयाै अब यहाबाट फेरी अन्त पनि जान्छाै । पश्चिममा हामिले अाधा सत्य भन्ने नाटक प्रदर्शन गर्याे भने अहिले पूर्वमा मनचिन्ते फिरन्ते र डिग्री माइला प्रदर्शन गरीरहेका छाै ।

चलचित्रमा अभिनय गर्दाकाे क्षण र याे नाटकमा अभिनय गर्दा के फरक छ ? 

खासै फरकचै छैन एउटा चलचित्र भनेकाे नै नाटकले भरीएकाे त हाे ।  मिडियम फरक छ । कुन मिडियमसंग कसरी गर्ने भन्ने कुरा हुन्छ । कुन माध्यममा म काम गरिरहेकाे छु भन्ने प्रस्ट हुनुपर्छ । त्याे प्रस्ट भएमा एउटा अभिनेताकाे रूपमा गरिने काम खासै फरक छैन ।

 

 

अफ्ठेराे चै कुन नी ः चलचित्र या नाटक ? 

मैले सिनेमाहरूमा पनि काम गरीसकेकाे छु त्याे कामकाे अनुभव हेर्दा र भाेगाइ अनुसार चै म सिनेमा नै अफ्ठेराे भन्छु । याे मेराे कुरा है , कसैलार्इ चै सिनेमा सजिलाे लागेर नाटक अफ्ठेराे लाग्न सक्छ ।

भनेपछि नाटक सजिलाे लागेर सिनेमा छाडनुभएकाे हाे त ? 

त्यस्ताे पटक्कै हैन मैले पढेकाे अनी लामाे समयदेखी प्रयास गर्दै अाएकाे जुनमा मेराे पाेख्त कला छ त्याे नाटकमा छ  । सिनेमाका साथिहरूले पनि भन्नुहुन्छ कि नाटक कती अफ्ठेराे छ । हजाराै दर्शहरूकाे माझमा स्टेजमा अाफ्नाे कला देखाउनुपर्छ त्यस्काे गहिरार्इ सम्म पूग्नुपर्छ । हजाराै इमाेसनहरूसंग जुध्नुपर्छ । मलाइ सिनेमा त्यसैपनि अफ्ठेराे लाग्छ किन की त्यहा धेरै टेक्नाेलाेजी हुन्छ ति टेक्नाेलाेजस् संग लडनुपर्ने हुन्छ जुन मेराे लागि गाह्राे पनि छ ।

फिल्म क्षेत्रबाट अवसर चै कतीकाे अाउछ ?

अवसर त अाइरहन्छन अब दशैँ अघाडीपनि अाएकाे थियाे तर हामि नाटकमा ब्यस्त भयाै त्यसमा पनि पूर्वाञ्चल दाैडहामा निस्कनुपर्ने पनि थियाे अनी समयनै भएन  र त्याे क्यान्सिल नै गरीयाे । अब यस्ताे हाे फिल्म खेल्ने तर के का लागि खेल्ने त मेराेलागि त्याे महत्पकाे बिषय हाे । ५ , ७ वटा फिल्महरू खेली सकेपछि एउटा फिल्मले सर्वाधिक चर्चा पाउछ अनि अवार्ड पनि पाउछ । अरू बाकीका फिल्महरूचै किन बिग्रे त त्याे मेराेलागी ठुलाे प्रश्न पनि बनिने गरेकाे छ । अनी मैले फिल्म किन खेल्ने ?

अाफुले अभिनय गरेकाे चलचित्र किन राम्राे चलेन अाफ्नै कारणले हाे की या अाफ्नाे टिमकाे कारणले पाे हाे भनेर कहिल्यै खाेजी गर्नु भा छ ? 

यसमा खाेजी भन्दा पनि ममन गर्ने कुरा हाे जुन म अनिवार्य गरिरा हुन्छु । सबे भन्दा पहिले त फिल्म क्षेत्रमा कन्टेन्ट राम्राे बन्दैन स्क्रिन प्ले राम्राे बन्दैन त्यसले फिल्मकाे सहि कास्टीङ पनि देखाउदैन त्यसैले मलाइ चै के लाग्छ भने सबै कुराकाे धैर्य हुनुपर्छ जुन फिल्म क्षेत्रमा सबै एकपटक भइहेकाे हुन्छ ।

अाम्दानिकाे हिसाबले फिल्म क्षेत्रमा बढी पारिश्रमिक पाइन्छ भन्ने कुरा छ तर तपाइहरू चै याे नाटकति ब्यस्त हुनुहुन्छ खासमा फिल्म भन्दा याे नाटकमा के छ र त्यस्ताे ? 

नाटक चै मेराे लागि एक अभिन्न अंग हाे जुन म कहिल्यै छाडन सक्दिन । नाटकमा अभिनय गर्दा जुन अानन्द अाउछ त्याे भनेर ब्यक्त गर्न सकिदैन । फेी अर्काे कुरा नाटक एउटा इन्टरटेनमेन्टका लागि मात्र हैन त्यसले दिएकाे शन्देश कती महत्वपूर्ण छ ? त्यसकाे बैचारीक बहसकाे पनि ठुलाे काम भइरहेकाे हुन्छ । तर सिनेमा त्याे हुदैन । सिनेमामा चै अाफुले गरेकाे काम पर्दामा हेर्न पाउदा एक प्रकारकाे अानन्द मिल्छ तर नाटकमा जसताे अनुभव गर्न सकिदैन ।

अन्त्यमा तपाइहरूकाे नाटक दर्शकले किन हेरिदिनुपर्ने खास कुरा के छ र ? दर्शकहरूलार्इ के भन्न चाहनुहुन्छ ? 

त्यस्ताे जबरजस्ती केही पनि छैन स्वइच्छाले हेर्ने हाे । मान्छेले किन कला चाहिन्छ भन्ने कुा धेरैले बुझ्नु भा छैन ।मान्छेहरूकाेलागि याे नाटक भनेकाे एउटा टनिङ जस्ताे लाग्छ त्याे नाटकले कतीपय मानिसलार्इ स्वयम अाफुभित्रकाे कलालार्इ उजागर गराै गराै भन्ने फिल गाइदिन्छ । र अर्काे कुरा हामिले ल्याएकाे नाटकमा त्यस्ताे के छ भने देशकाे अहिलेकाे स्थितिमा जुन समय अनुसार काम हुनुपर्ने हाे त्याे भएकाे छैन । त्यस्तै समसामयिक कुराहरू जाेडिएका छन । यति नै हाे ।

प्रस्तुतीः नरेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया