अनुपको बुलेटमा बर्षा चढ्दा, मालाको रुवाबासी (भिडियाे)

मोरङ । एक साताअघि नायक अनुपबिक्रम शाहीको पुरानो बुलेट चढेर मोरङ आईपुगेका नायिका बर्षा शिवाकोटी र माला लिम्बु बिचमा पुरानो बुलेटमा चढ्न हानाथाप शुरु भएको छ । अनुपको बुलेटमा को चढने भन्ने यी दुई नायिकामा अन्यौल कायमै रहेको छ ।

मोरङको लेटाङको भर्जिन लोकेशनमा छायांकन भईरहेको नेपाली कथानक चलचित्र पुरानो बुलेट यतिबेला धमाधम छायांकन भईरहेको छ । सोही चलचित्रमा अभिनय गर्नका लागी अनुप,माला र बर्षा यतिबेला मोरङमा छन । भिषण राईको लेखन निर्दैशनमा तयार भईरहेको चलचित्रमा सन्तोष राई कार्यकारी निर्माता रहेका छन । चलचित्रको कथामा अनुपले यतिबेला पुरानो बुलेट चलाईरहेका छन भने उनको पछाडि बस्न माला र बर्षाको होड चलिरहेको छ । उनको पिछाडी को बस्ने र चलचित्रको कथा कस्तो छ भन्ने बिषयमा यी तिनै जना कलाकार सँग हामीले कुराकानी गरेका छौँँ ।

तपाईको प्रतिक्रिया