अदालतले दियाे सलमानका लागी यि ४ देश जाने अनुमती

कालो हरिण मारेको काण्डमा ५ वर्षको जेल सजाय पाएपछि २ रात जेलमा बसेर जमानतमा छुटेका सलमान खानलाई अन्तत अदालतले विदेश यात्राको स्वीकृति दिएको छ । भारतीय मिडियाका अनुसार जेलबाट बाहिर आएलगत्तै मुम्बई फर्किएका सलमान अहिले आफ्नो नियमित काममै व्यस्त भइरहेका बेला सलमानले चार देशको यात्राको लागि अनुरोध गरेको निवेदनलाई जोधपुरको जिल्ला र सेसन अदालतले स्वीकृत गरिदिएको छ ।

अब सलमान क्यानडा, नेपाल र अमेरिकामा मे २५ देखि जुलाई १० सम्मको समयमा यात्रा गर्न सक्ने बबिबिसीले उल्लेख गरेको छ । जमानतमा छुटेका सलमानलाई लागेको आरोपबाट निर्दोष सावित नभएका कारण उनले भारत बाहेकका देशहरुमा यात्रा गर्नका लागि अदालतको स्वीकृति लिनुपर्नेछ । यसअघिको दबंग टुर अन्र्तगतको कार्यक्रममा विप्लव माओवादीले दिएको धम्कीका कारण उनको कार्यक्रम रद्ध गरिएको थियो ।

PURBELI TV

<

तपाईको प्रतिक्रिया