अत्याधुनिक प्रविधिमा ‘पृथक स्टुडियो’ काे शुभारम्भ

काठमाडौं । अत्याधुनिक प्रविधिमा ‘पृथक स्टुडियो’ काे शुभारम्भ भएकाे छ । काठमाडौं अनामनगरस्थित धोविखोलाको छेउमा स्थापना गरिएकाे रेशडिड्ग स्टुडियाेकाे बुधबार वरिष्ठ संगीतकार दीपक जंगमद्वारा उद्घाटन गरेका थिए । स्टुडियो उद्घाटनको शत्रमा गीतसंगीत क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

गायक राजेशपायल राईको स्वरमा गीत रेकर्ड गरेर औपचारिक रुपमा शुभकार्यको शुभारम्भ गरिएको थियो । स्टुडियोमा रेकर्डिङ कार्य कसरी भइरहेको छ भन्ने जानकारी लिन डिजिटल स्क्रिनको प्रयोग गरिएको छ । अन्य स्टुडियोहरुको तुलनामा पृथक शैली अपनाइएको कारण यसको नामको औचित्य पनि पुष्टि भएको उपस्थिति अतिथिहरुको भनाइ थियो ।

गायक भिषण मुकारुङ, संगीतकार पारस मुकारुङ र प्रकाश आचार्यको सहकार्यमा साे स्टुडियो संचालनमा आएको हो । आफूलाई पृथक शैलीमा प्रस्तुत गर्दै डिजिटल प्रविधिलाईसमेत प्रयोग गरिएको गायक भिषण मुकारुङ राईले बताए ।

तपाईको प्रतिक्रिया