अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

ताप्लेजुङ / हालै सम्पन्न मेरिङदेन डान्सिङ स्टारको उपाधी अञ्जली लिम्बूले जितेकिछन् । कुन्साङ डान्स सेन्टर ताप्लेजुङले आयोजना गरेको मेरिङदेन डान्स स्टार प्रतियोगितामा सृष्टि लिम्बू दोश्रो भएकिछन् भने नीशा केदेम तेश्रो भईन् । मेरिङदेन गाउँपालिका क्षेत्रमा नृत्य कलाको विकासका लागि गएको मंसिरदेखि प्रतियोगिता सुरु गरिएको कुन्साङ डान्स सेन्टरका प्रोपाईटर पेम्बा लामाले बताउनुभयो ।

विभिन्न चरणबाट उत्कृष्ट ६ जना प्रतियोगिलाई छनौट गरि गत मंगलबार फाईनल प्रतियोगिता सञ्चालन गरिएको थियो । फाईनल प्रतियोगितामा चर्चित गायक तथा ईन्जिनियर विरेन्द्र श्रेष्ठ, डान्स ताप्लेजुङ डान्सका विजेता एलिना गुरुङ लगायतका कलाकार उपस्थित थिए ।

कलाकारिताको क्षेत्रबाट समेत जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्धेश्यले यस प्रकारको प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा अन्य गाउँपालिकामा समेत नृत्य प्रतियोगिता सञ्चालन गरिने कुन्साङ डान्स सेन्टरका प्रोपाईटर पेम्बा लामाको भनाई छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

बालबालिकाको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय बढाउनुपर्नेमा सरोकारवालाको जोड

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङमा तीन राउण्ड गोली सहित रिभल्वर फेला

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई, दिनेश र कोसिस सर्बोत्कृष्ट खेलाडी

नीजि शैक्षिक संस्थाको योगदानलाई सरकारले मुल्याङ्कन गर्नुपर्छ : सम्बाहाम्फे

ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ : मुख्यमन्त्री राई

तपाईको प्रतिक्रिया