काठमाडौं । भारतीय चर्चित अभिनेता अजय देवगन हेलिकप्टर दुर्घटनामा परेको भन्ने आएका समाचारहरु झूठो भएको बताइएको छ । अजय देवगान चढेको हेलिकोप्टर महाबलेश्वरमा दुर्घटनामा परेको समाचार भाइरल बनेपछि अजय र उनको परिवारका सदस्यले झूठा समाचार लेख्ने मिडियालाई कारवाही गर्ने बताएपछि उनीहरु अहिले प्रहरीकोमा पुगेका छन् ।
हेलिकप्ट दुर्घटनामा परेर घाइते भएको भन्दै चोट लागेको अजय फोटोसहित समाचार प्रकाशित भएका थिए । यस विषयमा प्रहरीले अजय सुरक्षीत भएको र अफवाह फैलाउने मिडियालाई छिटो भन्दा छिटो कारवाही गरिने बताएको छ ।