लिटिल मिस एन्जेल-२०२३ को आवेदन खुला

काठमाडौं / सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस एन्जेल २०२३’ को आवेदन खुला भएको छ । यही मे २१ देखि शुरु हुने ‘लिटिल मिस एन्जेल २०२३’ प्रतियोगिताका लागि आयोजक कलश इभेन्टले आवेदन खुला गरेको हो । इभेन्टका प्रबन्ध निर्देशक सञ्जय महर्जनले प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका बालिकाहरुले सहभागिता जनाउन पाउने बताए । चौथो संस्करणको यो प्रतियोगिताका लागि आयो...

‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व नूतन श्रेष्ठले गर्ने

काठमाडौं / ‘मिस्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो । यो वर्ष ‘मिस्टर वल्र्ड’ आयोजना नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । आगामी २ देखि १२ फेब्रुअरीसम्म थाइल्यान्डम...

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !

मुम्बई / सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय गरिन् । जसमा मणिरत्नमको फिल्म ‘बम्बे’ पनि पर्दछ । मनीषाले सुरुमा यो फिल्ममा अनुबन्धित हुन अस्वीकार गरेकी थिइन् । किनकी उनी त्यो समयमा आफ्नो करियरको सुनौलो ...

‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

काठमाडौँ / नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो । काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञा...

क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप नायिका प्रियंका कार्कीमाथि अनुसन्धान

काठमाडौं / चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धान गरेकाे हाे । आइतबार उनलाई ब्युरोमा बोलाइएको छ । नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । ...

पल शाहलाई फसाउन दुर्गेश थापा भिलेन, सुन्नुस् थापाले बोलेको गोप्य अडियो

काठमाडाैं / पल समिक्षा काण्ड जटिल बन्दै गैरहेको अवस्थामा अभिनेता पल शाहले नया तथ्य सार्बजनिक गरेका छन् । उता गायिका समिक्षा अधिकारीले भने प्रहरीमा उजुरी गरिसकेकी छन् । पलले फेसबुकमा एक स्ट्याटस लेख्दै आफुमाथि षडयन्त्र भएको बताएका छन् । यतिसम्म कि उनले आफुमाथी षड्यन्त्र गर्नेहरुको नाम समेत सार्बजनिक गरेका छन् । समिक्षा अधिकारीलाई प्रयोग गरेर नियो...

भारतीय मिडियामा नेपाली अभिनेत्री सुष्माको ग्ल्यामर चर्चा

काठमाडौं / नेपाली अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन् । हालै मात्र उनले कालो पहिरनमा निकै बोल्ड तस्बिर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । जुन तस्बिरलाई भारतीय मिडियाले विशेष स्थान दिएका छन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको ...

‘निशा घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भएन’

काठमाडौँ / मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको नर्भिक अस्पतालले अस्पतालले बताएकाे छ । आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो । शाको उपचारका लागि ५० लाख बढी खर्च भएको समेत जानकारी दिएको छ । उद्धार गरिएको ३ महिनासम्म पनि सुधार नभएकाे अस्पतालले बताएकाे छ । ३ बर्ष ...

माझि बस्तिबाट श्वेता खड्काले झिकिन् हात, झुट बोलेर पैसा उठाएको आरोप

इटहरी / २०७२ सालमा गएको विनाशकारी महाभूकम्पका कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा रहेको भिमटार माझी बस्ती ध्वस्त भयो । भूकम्पले भत्किएको घरले घाम र पानी छेक्न नसक्ने देखेपछि अभिनेत्री श्वेता खड्का मन कुँडियो । स्वर्गीय श्रीमान श्रीकृष्ण श्रेष्ठ जन्मिएको ठाउँ भएकाले उनले २०७४ सालमा त्यहाँका ५३ घरधुरीलाई नयाँ घर बनाइदिने घोषणा गरिन् । श्...

नितम्ब सुन्दर बनाउन शल्यक्रिया गर्दा मोडलको मृत्यु

एजेन्सी / अहिलेको विज्ञान र प्रविधिको युगमा मानिसले शल्यक्रियामार्फत आफ्ना कतिपय अंग आकर्षक बनाउन सक्छन् । तर प्लास्टिक सर्जरीमार्फत आफ्नो नितम्ब आकर्षक बनाउने क्रममा मेक्सिकोमा दुर्घटना भएको छ । आफ्नो नितम्ब सुन्दर पार्न भन्दै शल्यक्रिया गराउने क्रममा मेक्सिकोकी एक मोडलको मृत्यु भएको हो । क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोलको नितम्ब प्लास्टिक...