पठान बन्यो, छोटो समयमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्म

मुम्बई / बलिउडका बादशाह शाहरुख खान अभिनित पठानले अहिलेसम्म ८३२ करोडको ब्यापार गरेको छ ।  गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा कम समयमा उक्त रकम संकलन गरेको रेकर्डसमेत कायम गरेको यशराज फिल्मसले जनाएको छ । सो फिल्ममा शाहरुख खानसँगै दिपिका पादुकोण, जोन अब्राहम लगायतको अभिनय छ । पछिल्ला फिल्महरु असफल भएपछि ४ बर्ष पछि...

परेसलाई कठोर कारबाही नगर्न आदेश

मुम्बई / कलकत्ता हाई कोर्टले बलिउड अभिनेता तथा भाजपा नेता परेश रावललाई बोलीकै कारण कठोर कारबाही नगर्न आदेश दिएको हो । उच्च न्यायालयले तलातला प्रहरीलाई परेशले बोलेको ‘बंगालियो के लिएर मछली पकाओ’ लाई लिएर कुनै पनि कठोर कारवाही नगर्न आदेश दिएको हो । अदालतले परेशले यो विषयमा पहिला नै माफी मागिसकेकाले कारबाही गर्न आवश्यक नरहेको ठहर गरेको छ । अदालतले ...

कमेडी र फिल्मपछि भिडियोमा कपिल शर्मा

मुम्बई / भुषण कुमार नयाँ कलाकारलाई अवसर दिने निर्माताका रुपमा चिनिन्छन् । यसपटक उनले कमेडियन तथा फिल्म अभिनेता कपिल शर्मालाई यो अवसर दिँदैछन् । आफ्नो टी–सिरिजले निर्माण गर्न लागेको भिडियो ‘अलोन’मार्फत कपिलले म्यूजिक भिडियोमा पाइला चाल्दैछन् । शोबिजको सबैभन्दा लोकप्रिय हस्ती गुरु रन्धावा र कपिलले आगामी फेब्रुअरी ९ मा रिलिज हुने सिंगल ‘अलोन’का लाग...

गिनिज बुकमा गायिका अलका याग्निकको ह्याट्रिक

मुम्बई / बलिउडकी प्रख्यात गायिका अलका याग्निकले लगातार तेस्रो वर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् । उनका गीतलाई सन् २०२२ मा सर्वाधिक बढी सुनिएको छ । सन् २०२२ मा उनको गीतलाई १५ दशमलब ३ बिलियन पटक सुनिएको हो । उनले यो मामलामा विश्व प्रख्यात गायिकाहरु टेलर स्वीफ्ट, बियोन्से र बीटीएसलाई पछि पारेकी छन् । सन् २०२१ र २०२० मा...

पठानका कारण सर्‍याे शहजादा

मुम्बई / बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो नयाँ फिल्म ‘शहजादा’को प्रमोसनमा व्यस्त छन् । उनी अभिनेत्री कृति सेननका साथ फिल्म प्रमोसनमा व्यस्त भएका हुन् । आगामी फेब्रुअरी १० मा रिलिजको तयारीमा रहेको ‘शहजादा’ अब फेब्रुअरी १७ मा रिलिज हुने भएको छ । थिएटरमा अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को कमाई जबरदस्त भइहँदा यो अवस्थामा हल पाउने सम्भावना कम भएपछि...

रजनीकान्तलाई दुरूपयोग गरे कारबाही

मुम्बई / साउथ फिल्मका दिग्गज अभिनेता रजनीकान्त अभिनयका महाराथी हुन् भन्दा फरक नपर्ला । विश्वभरी नै यी अभिनेतालाई मनपराउने फ्यानको संख्या उल्लेख्य छ । यही बीचमा रजनीकान्तले आफ्नो निजी अधिकारलाई सुरक्षा गर्न एक महत्वपूर्ण निर्णय लिएका छन् । उनले अनुमति बिना आफ्नो नाम, स्वर, फोटो र उनीसँग जोडिएका कुनै पनि वस्तु प्रयोग गरे कडा कारवाही गर्ने घोषणा गर...

गोविन्दाः हिरो बन्न २४ लाख गायत्री मन्त्र जप

मुम्बई /  बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए । एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो । ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे । गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए । उनको सोही वर्ष  अर्को ...

पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी

मुम्बई / बलिउड अभिनेता सञ्जय दत्त र अरशद वारसीले फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मार्फत दर्शकको मन जिते । फिल्ममा उनीहरूको अभिनयलाई दर्शकले खुबै मन पराए । फिल्ममा सञ्जय ‘मुन्नाभाइ’ र अरशद ‘सर्किट’को भूमिकामा थिए । अब यो जोडी पुनः दर्शकमाझ आउने तयारी गरिरहेको छ । सञ्जयले बिहीबार आफ्नो इन्स्टाग्राम एकाउण्टमा नयाँ फिल्मको पोस्टर शेयर गरेका छन् । यो पोस्ट...

उर्फीलाई मुम्बईमा घर पाउनै समस्या

मुम्बई / आफ्नो फेसनले सबैलाई हैरान बनाउने उर्फी जावेद अहिले नयाँ समस्यामा परेकी छन् । उनले आफ्नो ट्वीटर एकाउण्टमा समस्यालाई फ्यानमाझ सार्वजनिक गरेकी छन् । उनले मुम्बई आफ्ना लागि बस्नका लागि घर पाउन कसरी समस्या परिरहेको छ भन्ने कुरा उल्लेख गरेकी छन् । उर्फीका अनुसार केही घर मालिक उनको पहिरन सेन्सका कारण उनलाई घर भाडामा दिन मानिरहेका छैनन् । केही ...

फ्रन्टलाइन वर्कर बनिन् ऋचा चड्डा

मुम्बई / उत्कृष्ट अभिनेत्रीका रुपमा पहिचान बनाएकी अभिनेत्री ऋचा चड्डा जी स्टुडियोको व्यानरमा निर्माण हुन लागेको एक बेनामे फिल्ममा फ्रन्टलाइन वर्करको भूमिकामा अभिनय गर्ने भएकी छन् । फिल्ममा कोभिड महामारीको दोस्रो लहरमा फ्रन्टलाइन वर्करले कसरी काम गरे भन्ने विषय देखाइनेछ । जहाँ ऋचा प्रमुख भूमिकामा देखिनेछिन् । ‘यो त्यो वास्तविक घटनामा आधारित छ, जह...