धरान प्रज्ञा प्रतिष्ठानले खुल्ला नृत्य प्रतियोगिता आयोजना गर्दै

धरान, २ माघ / नेपाली मौलिक संस्कृतिलाई जोगाउनका लागि धरान उपमहानगरपालिकाले धरान प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । साहित्य, कला, संगीत, नाट्य, नृत्य, भाषा, संस्कृति विविध क्षेत्रको माध्यमबाट सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्न समर्पित तथा क्रियशिल उद्देश्यले लिएको यो प्रतिष्ठानले धरानमा पहिलो पटक खुल्ला लोकनृत्य प्रतियोगिताको आयोजना समेत गर्दैछ । ...

”सरजमिन” हेरेर रोए दर्शक

बेलबारी । मण्डला थिएटरको सहकार्यमा लेट्स ईन्टरटेन्मेण्टको प्रस्तुति रहेको नाटक सरजमिन हरेपछि धेरै दर्शकहरु रोएका छन । उनीहरुले नाटकलार्इृ नेपाली समाजको बास्तविक यथार्थ भन्दै आँसु थाम्न नसकेको प्रतिक्रिया दिएका छन । सो नाटक पूर्वका ६ वटा शहरहरुमा प्रर्दशन भईरहेको छ । बिहीबार,शुक्रबार र शनिबार बेलबारीमा नाटक हेर्ने अधिकांश दर्शकको आँखा ...

राजस्थानी ऊँट महोत्सवको आकर्षण

बागलुङ/ ‘माया जहिले रिसाउनी...’ गीतको लयमा ऊँटले खुट्टा र शरीरको चाल मिलाएपछि सबै दङ्ग देखिन्थे । जीवनमा कहिल्यै ऊँटै नदेखेका त झन् ‘उँटको नाच’ हेरेर आश्चर्यमा परे । भारतको राजस्थानदेखि दुई हजार ५५५ किमी यात्रा तय गरेर यहाँ ल्याइएको ऊँट हेर्ने मौका सजिलै मिलेको भने होइन । मरुभूमिमा पाइने ऊँटलाई चिसो हावापानीयुक्त पहाडी भूमिमा देखाउने आँट बागलुङ ...

जनकपुर महोत्सव माघ २७ देखि

जनकपुरधाम / प्रदेश नं २ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा जनकपुर महोत्सव–२०७४ आगामी माघ २७ देखि फागुन १० गतेसम्म हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ को आयोजनामा तिरहुतिया गाछीमा सो महोत्सवको नारा ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ हुनेछ । महोत्सवबाट जनकपुरलाई पर्यटकीय नगरी ...

केराबारीमा मच्छिन्द्र मेलाको उद्घाटन

मोरङ  / मोरङको केराबारीमा धार्मिक तथा ऐतिहासिक मच्छिन्द्र मेला सञ्चालनमा आएको छ । पुस २१ गतेदेखि २५ गते सम्म संञ्चालन हुने सो मेलाको उद्घाटन केराबारी गाउपालिका प्रमुख रोहित वहादुर कार्कीले रिवन काटेर गर्नुभएको थियो । मेला उद्घाटन गर्नुपूर्व स्थानीय जात जातिहरुको सास्कृतिक झाकीहरुले केराबारी वजारको परिक्रमा गरेको थियो । राईको चण्डि लिम्बूको ढोल ...

यी ५ नायिका मध्ये को होला ‘ब्युटि स्टार’ ?

सिने मासिक पत्रीका कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा ‘लक्स कामना फिल्म अवार्ड-२०७४’ हुने भएको छ । आफ्नो प्रकाशनको तीन दशक लामो सफल ईतिहास रचेको खुसियालीमा आउदो माघ १६ गते अर्थात सहिद दिवसको सार्बजनिक बिदाको मौका पारेर उक्त अवार्ड सम्पन्न हुन लागेको हो । यसअघि यो अवार्ड बितरण समारोह पौष २२ गतेलाई तय गरिएको थियो । २०७१ सालबाट ...

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

काठमाडौँ/ अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन आजबाट यहाँ शुरु भएको छ । नेपाल राष्ट्रिय दोर्जे शुग्देन समाजको आयोजनामा शुरु भएको सो सम्मेलनमा नेपाल, भारत, मंगोलिया, इटलीलगायत २० मुलुकका ८० जना प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ । महायानी परम्पराअन्तर्गत गेलुक्पा सम्प्रदायका कुल देवतालाई दोर्जे शुग्द...

नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य

रत्ननगर, चितवन/ ‘जात मिल्दैन धर्म मिल्दैन, हेर त तिम्रो मेरो मन कति मिलेको ।’ नाटक ‘श्रीमान् वीरबहादुर’मा गुञ्जिएका यी शब्दहरुले स्मृतिमा झट्ट एउटा सामाजिक चित्र कोरिन पुग्छ । मदन पुरस्कार प्राप्त रामलाल जोशीको कथासंग्रह ‘ऐना’ भित्रको कथा ‘श्रीमान् वीरबहादुर’लाई कर्मी नाट्य समूहले पहिलो पटक नाट्यमा रुपान्तरण गरी जिल्लामा प्रस्तुत गरेको हो । प...

पोखरामा दुई मेला र महोत्सव हुँदै

पोखरा/ पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला गर्न लागिएको छ । त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा महोत्सव गर्ने भएको छ । नयाँ...

खिचरा महोत्सव पुस २८ देखि

चितवन/ यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो । खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिनुभयो । यस ...