इटहरी । इटहरी उपमहानगरपालिकाले अव्यवस्थित तार व्यवस्थित गर्ने केबुल तथा इन्टरनेट कम्पनीहरुलाई निर्देशन दिएको छ । पोल नै पिच्छे धेरै तार भएर आगलागी बढेको भन्दै सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार व्यबस्थापन गर्ने निर्देशन दिएको इटहरी उपमहानगरको प्रबत्ता तथा कार्यवहाक मेयर दिवश पोखरेलले बताए ।
पोलमा तार झुण्ड्याएर केहि कम्पनी हाम्रो सम्पर्कमा समेत आएका छैनन ।हामीले पटक-पटक आग्रह गरे पनि कुनै पनि उनिहरु सम्पर्कमा आएर तार ब्यवस्थापन गरेनन भने हामि तार काटिदिन्छौ पोखरेलले भने । अव्यवस्थित तारले बजार कुरुप बन्दै गएको भन्दै यसलाई अव्यवस्थित गर्नका लागि परेको पोखरेलको भनाइ छ । इटहरीका केहि कम्पनीले भने आफ्नो तारमा फरक फरक किसिमको स्टिकर टास्न भनेको कार्यवहाक मेयर पोखरेलले भने ।