ज्येष्ठ नागरीकलाई सम्मान

पथरी / ज्युदाँ तिर्थ मानिने ज्येष्ठ माता पिताको एउटै चाहाना हुन्छ, त्यो हो धर्म कर्म गर्ने, सत्संग गर्ने र आन्ददायी समय विताउने इच्छा रहेको हुन्छ । बुढेसकालमा सबैको माया चाहेका बृद्धबृद्धालाई शान्ति किर्तन मण्डलीले एक बनाउने गरेको छ । बृद्धबृद्धालाई थोरै भए पनि माया साटासाट गर्ने उदेश्यका साथ शान्ति किर्तन मण्डलीले आफ्नो २० औँ बार्षिक उत्सवको अवसरमा ज्येष्ठ नागरीकलाई सम्मान सहित मिष्ठान्न भोजन गराएको छ ।

शान्ति किर्तन मण्डलीले आफ्नो २० औँ बार्षिक उत्सवको अवसरमा वृद्धवृद्धा नागरीकलाई सम्मान गरेको हो । पथरी शनिश्चरेमा रहेको किर्तन मण्डलीले ८१ बर्ष माथिका करिब ६० जना भन्दा बढि बृद्धबृद्धालाई सम्मान गरेको हो । किर्तन मण्डलीले एक औपचारीक कार्यक्रमको आयोजना गरी बृद्धबृद्धा आमा बुबाहरु विच माया साटासाट गरेको छ । कार्यक्रममा पछिल्लो समय लोप हुँदै आएको लोक खैँजडी भजन, बालन, संगीनि समेत प्रस्तुत गरिएको थियो । पथरी शनिश्चरेका विभिन्न वडाका किर्तन मण्डलीहरु लोप हुदै गएको भाषा र सस्कृती सहितको भजन प्रस्तुत गरेका थिए ।

पथरी शनिश्चरे ३ मा रहेको सगरमाथा बालन संरक्षण समुहले बालन, संगीनि र खैँजडीद्धारा कार्यक्रममा मनोरञ्जन थपेका थिए । किर्तन मण्डलीले आफ्ना ६० जना सदस्यलाई मिष्ठान्न भोजन गराई दोसल्ला ओडाएर सम्मान गरेको छ । कार्यक्रमका प्रमुख आतिथी समाजसेवि सूर्य श्रेष्ठले धर्म र सस्कृतीले मानिसलाई सत्यको मार्गमा डोर्याउने बताउनु भयो । समाजको सबै भन्दा ठुलो कानुन धर्म रहेको बताउदै धर्मले मानिसलाई एक आपसमा मिलिजुली बस्नु अभिपेरित गर्ने बताउनु भयो । मण्डलीका अध्यक्ष पर्शुराम काफ्लेको सभापतित्व सम्पन्न कार्यक्रममा राम जानकी किर्तन मण्डली कोषाध्यक्ष गोमा लुईटेल, शालिग्राम किर्तन मण्डलीका अध्यक्ष प्रेम खड्का लगायतले शुभकामना सहित आफ्नो मन्त्व्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…