बेलबारीमा आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने

माेरङ । बेलबारी नगरपालिकामा चैत १२ गते आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ । लामो समयदेखि बन्द रहेको कित्ताकाट आईतबारदेखि खुल्ने निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन । नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न रोकेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि तथा गैरकृषि क्षेत्र भनेर वर्गीकरण नगरी जग्गाको कित्ताकाट रोकिएको थियो । बेलबारी नगरपालिकाले सोही कार्य सम्पन्न गरिसकेको र कित्ताकाट खोल्ने निर्णय भएको कार्कीले जानकारी दिए । तत्कालका लागि कित्ताकाटका लागि बेलबारी नगरपालिकाको सिफारिस अनिबार्य गरेको समेत कार्कीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

Loading…