भ्रमण,तालिम, गोष्ठी जस्ता कार्यक्रम रोक्न इटहरीका मेयर पौडेलको निर्देशन

इटहरी । इटहरी उपमहानगरले चालु आर्थिक बर्ष २०७९। ०८० स्वीकृत बजेत अन्तरगतका तालिम,गोष्ठी,सेमिनार,अभिमुखिकरण,अध्यान अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु बन्द गर्ने भएको छ । इटहरी उपमहानगरका नगरप्रमुख हेमकणर् पौडेलले आर्थिक मितव्ययी अपनाउन भन्दै तत्कालको लागि कार्यक्रम रोकिएको जनाए । मेयर पौडेलले उपमहानगरबाट भएको अधिकांस तालिम तथा गोष्ठीहरु समेत प्रभावकारी नभएको भन्दै तत्काल रोक्न निर्देशन दिएका हुन ।

अर्थमन्त्रालयले खर्च कटौती गर्न स्थानीय तहहरुलाई परिपत्र गरे सँगै उपमहानगरका मेयर हेमकणर् पौडेलले अर्को सुचना नभए सम्मका लागि कार्यक्रमहरु रोक्न उपमहानगरका महाशाखाहरु ,शाखाहरु र वडा कार्यलयहरुलाई निर्देशन दिएका हुन । मेयर पौडेलले फजुल खर्च सँगै यस अघि नै कर्मचारीहरुलाई दिदै आएको मासिक पाँच हजार खाजा खर्च,इन्धन खर्च कटौती गरिसकेको बताएका छन ।

तपाईको प्रतिक्रिया

Loading…