इटहरी उपमहानगरपालिकाको नगर सभा अनिश्चितकालिन स्थगित

इटहरी । इटहरी नगरपालिकाको १२ औं नगरसभा शुक्रबार साँझ अनिश्चितकालिन समयका लागि स्थगित भएको छ। चैत २७ गतेबाट सुरु हिउँदे नगरसभा सक्ने समय तालिका भएतापनि एमालेबाट विजयी सदस्यहरु सभाबाट बाहिरिएसँगै अनिश्चितकालिन समयका लागि स्थगित गरिएको छ।

नगरसभा स्थगित भएपछि मेयर हेमकर्ण पौडेलले इटहरीमा गत वैशाख ३० गते भएको निर्वाचनमा काँग्रेस र एमालेबाट जनप्रतिनिधी विजयी भएतापनि एमालेले बहुमतको आडमा जनताको अभिमतलाई सम्मान गर्न नचाहेको जिकिर गरेका छन् । ‘बहुमतको दम्भले गर्दा आफूमाथि उहाँहरुद्दारा (एमालेका जनप्रतिनिधी) तगारो भएर इटहरीको विकासमा बाधा उत्पन्न गर्ने काम भइरहेको छ,’ उनले भने, ‘म हँदैसम्म लचकताका साथ प्रस्तुत हुँदा पनि तगाारो बन्ने काम भइरहेको छ।’

नगरसभामा सवैभन्दा महत्वपूर्ण विषय कर्मचारीको सेवा सुविधा सम्बन्धी ऐन संसोधन र कर्मचारीको आचारण सम्बन्धी ऐन पास गर्ने कार्यतालिका थियो । कर्मचारी सम्बन्धी ऐनको विषयमा इटहरीमा क्रियासिल राजनीकि दलको नेतृत्वबीच सहमति भएकै आधारमा नगरसभाबाट टुग्याउने योजना रहेको थियो । यद्यपी, नगरसभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधी हाजिर गरेर निस्किएपछि मेयर पौडेललले अनिश्चितकालका लागि नगरसभा स्थगित भएको घोषणा गरे । त्यसलगतै उनले सामाजिक सञ्जाल फेसबुकमा पनि नगरसभा स्थगित हुनुका कारण र कर्मचारीलाई व्यवस्थापन गर्ने ऐन पारित गर्ने सवालमा दलहरुबीच सहमति भएको बारेमा प्रष्ट्याएका छन् ।

एमालेबाट विजयी वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरीले भने नगरसभा स्थगित गर्नुपर्ने परिस्थिती नभएतापनि मेयर पौडेलले हतारमा गरेको बताए । ‘शुरुमा हामीले हाम्रो तर्फबाट होमवर्क पुगेन स्थगित गरौं भनेर प्रस्ताव गर्दा मेयर नमानेर हामीसँग परामर्श नै नगरिकन सुरु भयो,’ उनले भने, ‘हाम्रो तर्फका साथीहरु केही बेर आवश्यक सल्लाह गर्न बाहिर निस्किएकै बेला मेयर पौडेलले स्थगित गर्नुभयो ।’

एमालेबाट विजयी जनप्रतिनिधीका अनुसार कर्मचारीको सेवा सुविधाको विषयमा दलहरुबीच सहमति भएपनि साँझमा अन्तिम समयमा एमाले सुनसरी जिल्ला अध्यक्ष एवम् एमालेका कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारी नगरसभा स्थगित गर्न भनेर मौखिक रुपमा भनेकाले एमालेबाट विजयी प्रतिनिधी नगरसभाबाट बाहिरिएको थिए ।
नगरसभा सुरु भएको दिन माघ मसान्त सम्मको खर्च विवरण उपमेयर चौधरीले प्रस्तुत गरेकी थिइन् । जसमा खर्च तर्फ बिनियोजन रकम ९८ करोड ४८ लाख ५५ हजार मध्ये ४४ करोड ४६ लाख ३३ हजार र पुजिगततर्फ एक अर्ब अठार करोड ७७ लाख ५५ हजार मध्ये २५ करोड ५७ लाख ३७ हजार गरि जम्म्म १७ करोड तीन लाख १७ हजार खर्च भएको प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…