वडा अध्यक्षले योजना अन्यत्र सार्न खोज्दा स्थानिय आक्रोसित

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान २ मा बन्दै गरेको सामूदायिक भवकानलागि प्रदेश सरकारद्धारा बिनियोजन भएको बजेट अन्यँत्र खर्च गर्ने भएपछी स्थानिय आक्रोसित भएका छन् । नेचासल्यान २ को केउरेनिमा निर्माणाधिन सामूदायिक भवनकालागि यस आर्थिक बर्षमा प्रदेश सरकारबाट बिनियोजन भएको ३० लाख बजेट वडा अध्यक्ष सिताराम काफ्लेको अग्रसरतामा अन्यँत्र लानखोजेपछी स्थानिय आक्रोसित भएका हुन ।

आफ्नो ठाउका लागि आएको बजेट अन्यँत्र जानेभएपछी आफुहरु आक्रोसित हुनुपरेको स्थानिय शिक्षक राजु निरौलाले बताउनुभएको छ । उहाँका अनुसार केउरेनिमा बन्दै गरेको सामूदायिक भवनका लागि छुट्टीएको रकम निर्माणाधिन भवनलाई अलपत्र पारेर वडा अध्यक्ष सिताराम काफ्लेले भवन बनाउन अर्कै ठाउमा सिफारिस गरेका कारण समस्या भएको छ ।

प्रदेश सरकारबाट बिनियोजित रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि बलबहादुर केसीको घर नजिकै सार्वजनिक जग्गानै नभएको ठाउमा अर्को सामूदायिक भवन बनाउ २ नम्बर वडाकार्यालयले सम्झौताको लागि शहरी बिकास तथा भवन कार्यालय ओखलढुंगालाई सिफारिस गरेपछी केउरेनीबासी आक्रोसित भएका हुन् ।

बिनियाेजित रकम अन्यत्र लानखाेजेपछी बजेट अभावमा अलपत्र भवन
बिनियाेजित रकम अन्यत्र लानखाेजेपछी बजेट अभावमा अलपत्र भवन

आफ्नो ठाउमा आएको सामूदायिक भवनको रकम अन्यँत्र लैजान खोजेपछी केउरेनिवासीले अहिले गाँउपालिका अध्यक्ष तथा वडा अध्यक्षलाई सामाजिक संजाल र फोनबाट समेत बिरोध जनाएका छन् । वडा अध्यक्षको कदमको हाल केउरेनीमा बसोबास गर्नेमात्र नभै राजधानी काठमाण्डौ पूर्वी तराईमा बसोवास गर्दै आएका पुराना केउरेनीबासीहरु समेत आक्रोसित भएको काठमाण्डौमा ब्यावसाय गर्ने रमेश निरौला ले जानकारी दिनुभएको छ ।
योजना सारिएको बिषयमा गाउपालिका अध्यक्ष राई भने आफुले गल्ती गरेको नभै वडा अध्यक्षको गल्तीका कारण योजना अन्यँत्र सरेको बताउनुभएको छ । उहाँले भन्नुभयो –“ स्थानिय स्तरमा वडाले गर्ने सिफारिसका कारण मेरो त्यो योजनामा केही हात छैन ” तर योजना स्थानान्तरण हुनुचै राम्रो होईन ।

यता वडा अध्यक्ष सिताराम काफ्ले भने योजना स्थानान्तरण हुनुमा आफ्नो केही हात नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ यस वडामा ठुल्ठुला नेताहरु हुनुहुन्छ म त अराएको काम गर्नेजस्तै भएको छु । ” नेचा सल्यान २ भने नेपाली कांग्रेसका केन्द्रय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीको वडा हो । योजना स्थानान्तरणका कारण नेचासल्यान २ नम्बरका वडाबासी दुई समूहमा बिभाजित भएका छन् ।

योजना स्थानान्तरणको बिषयमा भने शहरी बिकास तथा भवन कार्यालय ओखलढुंगाका निमित्त प्रमुख अनुज श्रेष्ठले योजनाको आफ्नै जग्गा नभएका ठाउमा भवन निर्माणका लागि योजना ल्याएकाले सम्झौता हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो योजना संचालनका लागि वडा र गाउपालिकाको सिफारिसमा संचालन गर्ने भएपनि योजनाको भवन ब्यक्तिको जग्गामा बन्ने नभै योजनाकै जग्गा आवस्यक पर्ने भएकोले सम्झौता हुन नसकेको हो ।
उहाँले भन्नुभयो, तर योजनाको बिषयमा बिबाद आएको छ । बिबादित योजनामा लगानी गर्नुभन्दापनि बिबाद मिलाउने जिम्मा वडा तथा गाउपालिकाको हो । योजना बिबादित बनाउनुमा वडा अध्यक्ष जिम्मेवार देखिएकोले गाउपालिकाले सच्याउने अग्रसरता देखाएर बिकास निर्माणलाई सहजता दिनु जरुरी रहेको स्थानियको बुझाई रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…