सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका ११ स्थित पराेपकार महिला समूहकाे आयाेजनामा ५ दिने लैङ्गिक समावेशी तालिम मंगलबार सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिका वडा कार्यालय ११ काे सहयाेगमा उत्त तालिम सञ्चालन भएको थियाे । तालिमकाे समापन समारोहमा प्रमुख अतिथि नगर उपप्रमुख अकली चाैधरी थिइन् । उनले महिला दिदिबहिनीकाे सहभागितामा गाउँ समाजका लागि आवश्यक तालिम हुनु सकारात्मक पक्ष भएको बताइन् । उपमेयर चाैधरीले महिलाकाे जिम्मेवारी र काम कर्तव्य समाजमा अझै बढी भएकोले आफ्नाे हक अधिकारकाे लागि पछि हट्न नहुने उल्लेख गरिन् ।
उत्त लैङ्गिक समावेशी तालिममा अगुवा महिला सुसिला पाठक , इन्जिनियर सुरेशकुमार श्रेष्ठ , सञ्चारकर्मी मणिराम दाहाल लगायतले प्रशिक्षण दिएका थिए । ग्रामिण भेगका २५ जाना महिलाहरूकाे सहभागितामा भएको तालिममा प्रशिक्षार्थीहरूलाइ समापन समारोहमा प्रमाणपत्र वितरण गरिएकाे थियाे । २०७५ सालमा स्थापना भएको पराेपकार महिला समुहले समाजमा विविध तालिम तथा कार्यक्रमकाे आयाेजना गरि अघि बढेको हुँदा हाल संस्थामा करिब १ सय भन्दा बढी सदस्य संख्या रहेको आयाेजक संस्था अध्यक्ष निरू बजगाइले जानकारी दिइन् ।