सुदिपको शव सशस्त्र प्रहरीले सप्तकोसीमा भेट्यो

धरान / उदयपुरको बेलका नगरपालिका बस्ने कृष्ण बहादुर विष्टको १६ वर्षका छोरा सुदीप विष्टको शव सशस्त्र प्रहरीले फेला पारेको छ। आज सप्तकोसी नदीमा नुहाउने क्रममा नदीले बगाई विष्ट बेपत्ता भएको खबर पाएपछि  सशस्त्र प्रहरी बल नेपाल नं-१ ब वराह वाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक उत्तम बस्नेतको कमाण्डमा खटेको टोलीले विष्टको शव फेला पारेको हो।

प्रहरीको टोली खोजतलास गर्नु दिउसो ४ बजे सप्तकोसी नदी पुगेको हो । अन्दाजी १५ पिटमुनिबाट  विष्टको शव निकाली आफन्तलाई बुझाएको प्रहरी निरीक्षक विष्टको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading…